२९ आश्विन २०८३, बिहिबार

भ्रष्टाचारको आरोपमा बुल्गेरियाका २३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोफिया (बुल्गेरिया), १ असार । बुल्गेरियाको भन्सार कार्यालयका अधिकृत र व्यापारीहरू गरी २३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बुल्गेरियाको ग्रिससँगको सिमानामा रहेको मुख्य जाँच चौकीमा उनीहरू पक्राउ परेका छन् ।

सीमा क्षेत्रमा पर्ने कुलाताबाट कुनै चेकजाँच विना नै ट्रकपार गराएपछि उनीहरूविरुद्ध अनुसन्धान गरिएको बताइएको छ ।

प्रहरीले कुलाता र सोफियामा रहेका ८३ वटा भन्सार कार्यालय र यातायात कार्यालयमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले ६३ हजार लेभा अर्थात ३६ हजार अमेरिकी डलर बराबरको नगद पनि बरामद गरेको एक जना सरकारी प्रवक्ता रुमिना अर्नाऔडोभाले जानकारी दिनुभएको छ ।

बुल्गेरिया सरकारी अधिकारीहरू नै लामो समयदेखि सीमा क्षेत्रमा मानव बेचबिखन, राजस्व छलीलगायतका अवैधानिक कार्यमा संलग्न हुँदै आएको पाइएको छ । – एएफपी