९ मंसिर २०८३, बुधबार

सरकारविरुद्ध एमालेको कडा निर्णय आयो, निर्वाचनबाट भाग्न खोजेको भन्दै खबरदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिलकुल अलग विषय भएको जनाएको छ ।

धुम्रबाराहीमा बुधबार बसेको स्थायी समितिको बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एमालेले राष्ट्रिय हितविरुद्धको, राजनीतिक धु्रवीकरणलाई बढावा दिने, राजनीतिक र संवैधानिक स्थायित्व माथि गम्भीर प्रश्न उठ्ने गरी व्यवस्थापिका संसदमा प्रस्तावित संविधान संशोधनप्रति पार्टीको गम्भीर असहमति रहेको कुरा पुनः दोहो-याउन चाहन्छौं । उक्त प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष माग गर्दछौं ।’

एमालेले सबै राजनीतिक दलहरूसँग संवाद गरी परिस्थिति सहज बनाउँदै असार १४ गते तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट सरकार बिचलित भएको अराोप पनि लगाएको छ ।

‘सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिका बारेमा भ्रमपूर्ण वक्तव्यहरु सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढावा दिने र आफ्नो सर्वसत्तावादी सत्तालाई लम्ब्याइरहने सरकारको नेतृत्वबाट आएका सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘यसले सरकारको नेतृत्वको नियतमाथि समेत गम्भीर ढंगले प्रश्न उठेको छ’, एमालेले भनेको छ, ‘निर्वाचनका विरुद्ध सरकारका तर्फबाट हुने षड्यन्त्रप्रति सजग रहँदै त्यसको प्रतिवाद गर्न आमजनसमुदायमा अपील गर्दछ ।’

एमालेले तोकिएको मितिमा प्रदेश नं. १, २, ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।

एमालेले राष्ट्रिय जनता पार्टीले केही समयदेखि उठाउँदै आएका केही मागहरूप्रति हाम्रो पार्टी सकारात्मक रहेको उल्लेख गरेको छ ।