काठमाडौ, ३१ जेठ । राजधानीको दरबारमार्गबाट सुनको सिक्री र एउटा घडी लुटिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौ महानगरपालिका–१ दरबारमार्ग स्थितबाट हाल अल्फाबेट नखुलेको लु.२५ नम्बरको स्कुटर आएका करीब ३० बर्षीय मङ्गोलियन अनुहार भएका २ जनाले बुधबार ढुङ्गेधारा बस्ने ३६ वर्षीय महेश पोखरेलको २ तोलाको सुनको सिक्री र काठमाडौं महानगरपालिका–१८ तारकेश्वर बस्ने ३० वर्षीय फिलिप डि.सी.को घडी लुटी फरार भएका हुन् ।
लुटपाट गर्ने व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।












प्रतिक्रिया