काठमाडौं, ३१ जेठ । सिप्रदी ट्रेडिङ्ग, एक्साईड ब्याट्रीद्वारा एक्साइड ई—राइड ब्याट्रीको एक सेट ब्याट्री खरिद गर्दा उक्त ई—रिक्सा चालकको परिवारलाई २५ हजार बराबरको स्वास्थ्य बिमाको सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो योजना अन्तर्गत विभिन्न व्यक्तिहरुलाई आ—आफ्नो स्वास्थ्य जाँचको रकम हस्तान्तरण गरिए पछि विभिन्न जिल्लाहरुबाट उत्साहजनक प्रतिक्रियाहरु आईरहेको छ । उक्त रकम पाउनेले एक्साईड कम्पनीलाई धन्यवाद समेत दिएका छन् ।
कम्पनीका महाप्रवन्धक सुरेश कुमार तिवारीले यस्तो सुविधा कम्पनीले आफ्नो सामाजिक दायित्व बुझेर बजारमा ल्याएको जानकारी दिनुभयो । र, आगामी दिनमा पनि यस्ता सामाजिक कार्र्यलाई निरन्तरता दिने कुरा उहांले बताउनुभयो ।















प्रतिक्रिया