२१ कार्तिक २०८३, शनिबार

कांग्रेस, माओवादी विदेशीको इशारामा चलेका छन्ः एमाले नेता गैरे

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी जेठ ३१ । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरैले काग्रेस, माओवादी विदेशीको इशारामा चलेको आरोप लगाएका छन । गुल्मीको रुरु गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता गैरेले सत्ता गठबन्धनदेखी चुनावी तालमेलसम्म आउदा सम्म काग्रेस माओवादी विदेशी इशारामा चलेको आरोप लगाएका हुन ।

नेता गैरेले दुई दलको चनाुवी तालमेलसंग नआत्तिन आग्रह गर्दै उहाले गुल्मी जिल्लामा एमालेको बहुमत आउनेमा विश्वस्त रहन आग्रह गरे । चुनावी तालमेलको बास्ताबिकता हेरियो गैरेले भने ‘काठमाण्डौ,पोखरा ,चितवनमा भएका तालमेलले वास्तविकता देखाएको भन्दै नेता गैरेले दुइ दलको तालमेलले उल्टै एमालेलाइ सहज हुन्छ ।’

रुरु गाउपालिकाका एमाले अध्यक्ष निलकण्ठ गौतम र माओवादीका उम्मेदवार बिच उमेरको विषयलाई लिएर भएको पछिल्ला टिप्पणीलाई इगित गर्दै नेता गैरेले एमाले नेता भरत मोहन अधिकारी पनि बृद्ध अवस्थामा देशको प्रधानमन्त्री भएको र धेरै नमुना काम गरेको बताए । उमेरले उसको बिचारलाई छेक्दैन उनले भने ‘उमेरले पनि परिपक्क हुनुपर्छ काचा मान्छेको काचो बुद्धी हुन्छ राजनितिमा उमेरले छेक्दैन सहि बुद्धी र सहि निति चाहिन्छ ।’