४ कार्तिक २०८३, बुधबार

मलेसियामा प्रेम र अवैध यौन सम्बन्धमा मस्त नेपाली युवतीलाई १० बर्ष जेल सजाय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmala-thapa-baidesik-rojgari

अर्जुन काफ्ले 

क्वालालम्पुर, ३१ असोज । मलेसियामा गर्भपतन गराउने एक नेपाली युवतीलाई स्थानीय अदालतले १० बर्षको जेल सजाय सुनाएको छ ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेली निर्मला थापालाई मलेसियाको स्थानीय अदालतका न्यायाधिश मुसिरी पीटले १० बर्षका लागि जेल सजाय सुनाएका हुन् ।

तामान सिकुस्थित एक पोलक्लिनिकमा असावधानीवश रहेको गर्भको बच्चा मारेको अभियोगमा २० दिन अघि उनी पक्राउ परेकी थिइन् ।

२४ बर्षीया थापाालाई अक्टोबर ९ तारिखका दिन गर्भपतन गराएको अवस्थामा रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउपछि मुद्दा दायर गरिएकोमा सोमबार यसको फैसला भएको थियो । तर, मलेसियन भाषामा लेखिएको सजाय आफूले ढिलो गरी बुझेको थापाले बताएकी छिन् । उनलाई अदालतले १२ नोभेम्बरमा दोभासेसहित निर्णय पुनर्विचारका लागि मौका दिएका मलेसियाका संचारमाध्यमहरुले जनाएका छन् । मलेसियामा भर्खर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैद सजायको कानुनी प्रावधान छ ।

थापा मलेसियाको पेनाङस्थित एक फ्याक्ट्रीमा कार्यरत छिन् । तर, उनको गर्भ कस्को हो भन्ने नखुलेको प्रहरीले बताएको छ । मलेसियामा अवैध सम्बन्धका कारण हजारौं आप्रवासी महिलाहरुले यस्ता झमेला झेल्दै आएका छन् ।