गुल्मी, ३१ जेठ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी)ले गुल्मीमा उम्मेदरबार छनोट गरेको छ ।
देशभक्त जनगणान्तिक मोर्चा नेपाल गुल्मीबाट जिल्लाका ४ स्थानीय तहमा उम्मेदवार बनाएको छ । विज्ञप्ति जारी गरेर दोस्रो चरणको निर्वाचनमा विभिन्न स्थानीय तहमा उम्मेदवार उठाएको जनाइएको छ ।
छनोट भएका उम्मेदवारमध्ये रेसुङ्गा नगरपालिकाको प्रमुखमा नन्दराम राना, रुरु गाउँपालिकाको प्रमुखमा केशव अधिकारी, सत्यवती गाउँपालिकाको प्रमुखमा प्रगति राना, कालिगण्डकी गाउँपालिका प्रमुखमा ढोन्द पुलामी उम्मेदवार बनाएको विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया