२१ कार्तिक २०८३, शनिबार

कञ्चनरुपमा कांग्रेसका प्रमुख र उपप्रमुख उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३१ जेठ । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली कांग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ ।

नेपाली कांग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, निरु पोखरेललाई उपप्रमुखको उम्मेदवार बनाएको क्षेत्रीय सभापति तथा उम्मेदवार गुप्ताले जानकारी दिनुभयो । पोखरेल कांग्रेस सप्तरीका पूर्वजिल्ला उपसभापति हुनुहुन्थ्यो ।

कृष्णासावरन गाउँपालिकाको अध्यक्षमा भने परशुराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

यस्तै, सप्तकोसी नगरपालिकाको प्रमुख पदका लागि समेत उम्मेदबार छनौट भइसकेको र नाम पछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । रासस