
काठमाडौं, ३१ जेठ । दोस्रा चरणको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूका विषयमा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा मेयर र उपमेयरको टिकट वितरणका विषयमा छलफल हुनेछ । कांग्रेसभित्र बिराटनगर र दाङ जिल्लाको टिकटलाई लिएर आन्तरिक विवाद छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुनेछ । कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालले चुनाव सार्न गरेको प्रस्तावका विषयमा समेत छलफल हुने बुझिएको छ ।











प्रतिक्रिया