३ कार्तिक २०८३, मंगलबार

बेपत्ता भइन रीमा, फिल्महरू पनि फ्लप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केकी अधिकारी, बेनिशा हमाल र रीमा विश्वकर्माले एकसाथ फिल्मी करिअर सुरु गरेका हुन् । उनीहरुको दोस्ती पनि निकै झांगिएको थियो ।

यतिबेला केकी सबभन्दा अगाडि छन् । फाट्टफुट्ट भए पनि बेनिशा फिल्ममा देखिन्छिन् तर रीमा भने अलपजस्तै । साँच्चै भन्दा न उनले कहिल्यै मुख्य भूमिका पाइन्, न उनका कुनै फिल्म सम्झनलायक नै छन् ।

झन् विवाहपश्चात् त उनी फिल्मवृत्तबाट ओझेल परेको हो कि भन्ने भान परेको छ । तर, यही बेला उनी अभिनीत नयाँ फिल्म ब्ल्याक समरको टिजर प्रदर्शन भएको छ । जसले रिमालाई थोरै सही राहत दिएको छ ।

तर, दुःखको कुराचाहिँ न टिजरले अपेक्षाकृत चर्चा पायो, न फिल्ममा उनीबाहेक कोही चिनिएको अनुहार नै छ । त्यसमाथि प्रदर्शनको पनि पत्तो छैन ।