वीरगञ्ज, ३१ जेठ । नेपाली आयातकर्ताको बहुप्रतीक्षित विशाखापट्टनम–वीरगञ्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ ।
भारतसँग सम्झौता भएको ७ वर्षपछि विशाखापट्टनमबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा रेल आइपुगेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
नेपाली आयात–निर्याकर्ताले अहिलेसम्म प्रयोग गर्दैै आइरहेको भारतकै कोलकत्ता बन्दरगाहबाट वीरगञ्जको ड्राइपोर्टसम्म रेलमार्गबाट सामान ढुवानी गर्दा धेरै समस्या झेल्नुपरेको भन्दै विशाखापट्टनम बन्दरगाहबाट पनि ढुवानीका लागि पारवहन सेवा दिन माग गर्दै आएका थिए ।












प्रतिक्रिया