काठमाडौँ, ३१ असोज । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको अधिवेशनमा भाग लिन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्नुभयो ।
प्रत्येक चार वर्षमा हुने युनियनको यस सम्मेलनले नेतृत्व परिवर्तन गर्ने र नेपालका तर्फबाट मन्त्री रिजालले अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।
भौगोलिक वा अन्य कारणले सञ्चारको पहुँचबाट वञ्चित समुदायमा सञ्चार सेवा पु¥याउने विषयमा अधिवेशन केन्द्रित रहने मन्त्री रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राससलाई जानकारी दिनुभयो ।
“सम्मेलनमा अन्तर्राष्ट्रिय रुपमा सञ्चार क्षेत्रलाई सस्तो र गुणस्तरीय बनाउनुका साथै विश्वका सम्पूर्ण नागरिकमा सञ्चारको सहज पहँुच पु¥याउने विषयमा छलफल हुनेछ”, मन्त्री रिजालले भन्नुभयो ।
नेपालले सम्मेलनबाट के फाइदा लिन सक्छ भन्ने जिज्ञासामा मन्त्री रिजालले नेपालको ग्रामीण दूरसञ्चारका साथै सस्तो र गुणस्तरीय सञ्चार सेवाको विस्तारमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन एवम् नयाँ ज्ञान सिकेर नियमनकारी निकायलाई बलियो बनाउन पनि सम्मेलनबाट मद्दत पुग्ने बताउनुभयो ।
साथै मन्त्री रिजालले नेपालले सन् २०२२ सम्ममा विकासोन्मुख मुलुकको स्तरमा पुग्न राखेको लक्ष्य हासिल गर्नका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधारको विकास निर्माणमा सूचना तथा सञ्चारको योगदान रहने भएकाले सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सन् २०१५ सम्ममा विकासको सहस्राब्दी लक्ष्य हासिल गर्नका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास र गरिबी निवारणमा पनि सूचना–सञ्चारको प्रयोग महत्वपूर्ण हुने भएकाले अधिवेशनमा यसबारेमा छलफल हुने बताइएको छ ।
तीन सातासम्म चल्ने उक्त सम्मेलनको पहिलो चरणमा मन्त्री रिजाल नेपालको प्रतिनिधिका रुपमा भाग लिएर अर्काे साता स्वदेश फर्किनु हुने र त्यसपछि सञ्चार सचिवको नेतृत्वमा अर्काे टोली जाने भएको छ । रासस















प्रतिक्रिया