१५ कार्तिक २०८३, आइतबार

राजपाको आमहड्तालको प्रतिकार ! मैदानमा डटेर लागिपरे दलहरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

रौतहट, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले तराईका जिल्लामा आमहडतालको आह्वान गरेको भए पनि रौतहटको सदरमुकाम गौर नगरपालिका, मध्य भागमा रहेको गरुडा नगरपालिकालगायत विभिन्न गाउँपालिकाहरूमा उमेदवारहरूले भोट माग्ने कामलाई जारी राखेका छन् ।

दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै जाँदा संघीय समाजवादी फोरमलगायत सत्ता साझेदार अन्य दलहरू चुनावी मैदानमा डटेर लागिपरेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

राष्ट्रिय जनता पार्टीले चार दिने आम हड्ताल घोषणा गरेको अवस्थामा पनि बन्दको कुनै प्रवाह नगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायतका दलहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिँदै आएका छन् ।

फोरमबाट गौर नगरपालिकाको उम्मेदवारी दिएका गौरीशंकर यादवले आफू बिहानदेखि नै चुनावको प्रचार प्रसारमा नगरको विभिन्न ठाउँ घुमेर आएको बताए । जनताले निर्वाचन चाहेको हुँदा जनताहरूले नै आफूलाई गाउँगाउँमा बोलाउने गरेको पूर्वनगर प्रमुखसमेत रहेका उम्मेदवार यादवले बताए ।

बन्दले आप्mनो चुनाव प्रचारप्रसारमा कुनै असर नपरेको उनको दाबी छ । गौर नगरपालिकाको नगर प्रमुखमा एमालेबाट उम्मेदवार बनेका शम्भु साहले पनि आप्mनो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

यसैगरी, जिल्लाको मध्य भागको गरुडा नगरपालिकामा पनि विभिन्न पार्टीहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । मंगलबार आमहडताल घोषणा भएको भए पनि झन्डावाल मोटरसाइकलहरू निर्वाध रूपमा चुनावी प्रचारप्रसारमा संलग्न थिए ।

बन्दले प्रचार प्रसारलाई कुनै अवरोध नभएको नेकपा एमालेको तर्फबाट गरुडा नगरपालिकाको नगर प्रमुखका उम्मेदवार महमद कलिमुल्लाहले बताए । जनताले निर्वाचन चाहेका छन् ।

निर्वाचनमा मतदान गर्न यहाँका करिब ८० प्रतिशत जनताले मतदान गर्ने उनको दाबी छ । यता चन्द्रपुर नगरपालिकामा नेकपा माओवादीले मात्र नगर प्रमुखको टुंगो लगाएको छ भने एमाले र कांग्रेसले अझै पनि नगर प्रमुखको उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

राष्ट्रिय जनता पार्टीले मंगलबारदेखि चार दिने आमहडताल आह्वान गरेको पहिलो दिन शान्त रहेको राजपाका महासचिव अजय गुप्ताले बताए ।

शान्तिपूर्ण आन्दोलन गरेकै कारण कुनै किसिमको अप्रिय घटना नभएको र बुधबारबाट आन्दोलनलाई अझ सशक्त बनाउने गुप्ताले बताए । मधेसी जनताको माग राज्यले चाँडै नै सम्बोधन गर्नुपर्ने उनको माग छ ।