१ कार्तिक २०८३, आइतबार

बाजी मार्‍यो बुटवलले

67.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३१ जेठ ।  देसैँभरिका नगरपालिकालाई पछि पार्दै बुटवल उपमहानगरपालिका यो वर्ष पनि नेपालकै उत्कृष्ट उपमहानगरपालिका बन्न सफल भएको छ ।

बुटवल उपमहानगरपालिका योसँगै लगातार पाँचौँपटक उत्कृष्ट हुन सफल भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

दुई वर्षअगाडि नगरबाट उप–महानगरपालिका बनेको बुटवल कार्यसम्पादन मूल्याङ्कनका आधारमा पाँचौँपटक नेपालकै सर्वोत्कृष्ट घोषणा हुन सफल भएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय निकाय वित्तीय आयोगले २०७२/०७३ मा गरेको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कनका आधारमा बुटवल उप–महानगरपालिका देशभरका

(साविक २१७) नगरपालिकामध्ये प्रारम्भिक चरणमा सर्वोत्कृष्ट हुन सफल भएको बुटवल उप–महानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले बताउनुभयो ।

यस अगाडि गतवर्ष ९० अङ्कका साथ प्रथम भएको बुटवलले अहिले भने ९३ अङ्क ल्याएर प्रथम भएको देखिएको हो ।

बुटवल उपमहानगरपालिका २०६९/०७०,२०७०/०७१, २०७१/०७२, २०७२/०७३, २०७३/०७४ देखि लगातार रूपमा प्रथम हुँदै आएको छ ।

उपमहानगरपालिकाका लेखा अधिकृत सितुप्रसाद श्रेष्ठले प्रारम्भिक नतिजामा बुटवलको उच्च अङ्क आएको बताउनुभयो ।

वित्तीय आयोगले स्थानीय निकायलाई न्यूनतम शर्त मापनका १० वटा र कार्यसम्पादन मापनका विभिन्न ४० वटा सूचकको आधारमा एक सय पूर्णाङ्कलाई आधार बनाएर अङ्कका आधारमा उत्कृष्ट घोषणा गर्नेगर्दछ ।