१५ कार्तिक २०८३, आइतबार

प्रधानन्यायाधीशका लागि छ जनाको नाम सिफरिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिसमा लागि सर्वोच्चका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीसहित छ जनाको नाम संवैधानिक परिषद्मा पठाएको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसअघि सम्भावित योग्यता पुगेका उम्मेदवारको रोस्टर पठाउने प्रचलनअनुसार न्याय परिषद्ले रोस्टर पठाएको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

न्याय परिषद्को मङगलबारको बैठकले सम्भावित योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषद्मा पठाएको हो । न्याय परिषद् सचिव नहकुल सुवेदीले रोस्टर संवैधानिक परिषद्लाई पठाइएको बताउनुभयो ।

नेपालको संविधानको धारा १२९(३) बमोजिम न्याय परिषद्ले पराजुलीसहित न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम संवैधानिक परिषद्मा पठाएको हो ।

संवैधानिक परिषद्ले छ जनामध्येबाट एक जनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ । यसअघिको परम्पराअनुसार वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रचलन छ । पराजुली वरिष्ठतामा एक नम्बरमा हुनुहुन्छ ।

परिषद्ले नाम पठाउनुअघि कायम मुकायम प्रधानन्यायाधीश पराजुलीको उमेर सच्याएको छ । यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीले कायम गरेको जन्म मिति सच्याई २०१० वैशाख १६ कायम गरिएको छ ।

न्याय परिषद् ऐनको दफा ३१ र सुरेन्द्रवीर सिंह बस्न्यातविरुद्ध न्यायपरिषद् सचिवालय रहेको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशअनुसार उमेर सच्याइएको न्याय परिषद्ले जनाएको छ । कायम उमेरअनुसार पराजुलीको कार्यकाल अब २०७५ वैशाख १६ गतेसम्म रहनेछ ।

यसअघि अवकाशको अन्तिम दिन प्रधानन्यायाधीश सुशीला कार्कीले एकल निर्णयबाटै संवैधानिक परिषद्मा छ जनाको नाम पठाउनुभएको थियो । त्यो संस्थागत निर्णय नरहेको भन्दै न्याय परिषद्ले पुनः नाम पठाएको हो ।