काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले चुनाव सारेपनि राष्ट्रिय जनता पार्टी निर्वाचन भाग नलिने भएकाले अध्यारो सुरुङ नखन्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
मंगलबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेताको बैठकमा राजपालाई सहमतिमा ल्याउन भन्दै २ र ५ प्रदेशमा चुनाव सार्ने प्रस्ताव गरेलगत्तै नारायणकाजीले सामाजिक सञ्जाल फेसबुकबाट त्यसको विरोध गरेका हुन् ।
उनले लेखेका छन्– ‘कसैलाई नझुक्याऔं ।संविधान संशोधन र स्थानीय तहको संख्या बृद्धि अहिले सम्भव छैन । राजपा यो बिना मिति सारेपनि आउँदिन भन्दैछ । अतः अंध्यारो सुरुङ नखनौं ।’











प्रतिक्रिया