अछाम, ३० जेठ । स्थानिय तह दोस्रो चरणको निर्वाचन आउन १५ दिन मात्र बाँकी रहँदा नयाँ शक्तिको मेयर पदका उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।
जिल्लाको सबैभन्दा बढी मतदाता संख्या रहेको साफेबगर नगरपालिकाका मेयर पदका उम्मेवदार रहेका रविन्द्र शाह एकाएक पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका हुन । उनी यो भन्दा पहिले वाईसिएल जिल्ला अध्यक्ष समेत रहेका थिए ।
देशभक्त, राष्ट्रभक्ति पार्टी एमाले मात्र रहेको र अन्य पार्टी विदेशीको ईशारामा चल्ने भएको हुँदा एमालेमा प्रबेश गरेको उहाँले बताउनुभयो । उहाँलाई एमाले प्रदेश नं. ७ का सदस्य एवम् साफेबगर नगरपालिका मेयर पदका उम्मेदवार कुल बहादुर कुवँरले टिका लगाई स्वागत गर्नु भएको थियो ।













प्रतिक्रिया