सनुसरी, ३१ असोज । जनताको शान्ति सुरक्षाका लागि खटिएका एक प्रहरी जवानले १८ वर्षीया एक युवतीलाई बलात्कार गरेका छन् ।
सुनसरी जिल्लाका सशस्त्र प्रहरी जवान जरवान मेहताले मेहता थरकै एक युवतीलाई बलात्कार गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय हरिनगराका अनुसार मेहताले गत असोज १८ गते बलात्कार गरेका हुन् । बलत्कारको घटना दवाव पीडित पक्षलाई पटक–पटक धम्की समेत दिएको बुझिएको छ ।
विपन्न परिवारकी युवती भएको र उनका बाबु रोजगारीका लागि भारतमा रहेकाले पनि घटना दवाउन पीडित पक्षलाई जवान स्वयमले धम्की दिँदै आएको पीडित पक्षको गुनासो छ ।















प्रतिक्रिया