भैरहवा, ३० जेठ । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज हितराज पन्थिले सिद्धार्थनगर पालिका वडा नम्बर ७ लाई बातवरणमैत्री वडा बनाउने उद्घोष गरेका छन् ।
आगमी असार १४ गते हुनगइरहेको सिद्धार्थनगर पालिका वडा नम्बर ७ को निर्वाचनमा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उमेदवार रहेका पन्थिले बढ्दो अव्यवस्थीत शहरीकरणले समग्र मानव समुदायको स्वास्थयमा असर पारिरहेकोहुदां वातरणीय अनुकुलतालाई ध्यानमा राख्दै वडाको योजनाबद्ध विकास गरिने बताए ।
भीम अस्पताल विकास समितीको अध्यक्ष छदां महत्वपुर्ण काम गरेर वाही वाही कमाएका पन्थिले मान्छे स्वस्थ भयो भने मात्रै अन्य कुरा सोच्न र गर्न सक्ने हुदां वातवरण सफा तथा स्वच्छ राख्नेगरी योजना अगाडी बढाइने बताए । विकासप्रेमी नेताको रुपमा छबी बनाएका पन्थिले भने ‘सिनपाको मुख्य वडाको रुपमा ७ नम्बर वडा रहेको छ । यो वडालाई पुर्णतया वातवरणमैत्री बनाउने हाम्रो पहिलो योजना छ । त्यसकोलागी म हिजो राजनीतिक सामाजिक रुपले जसरी क्रियासील थिए, छु , त्यसैगरी कालान्तर सम्म रहिरहनेछु । ’
‘यो वडाका मुख्य सडकका दायाबायां विरुवा रोपेर ग्रिनरी बनाइनेछ । वडाभित्रको सरकारी जग्गालाई व्यवस्थापन गर्दै बहुउपयोगी ग्रीनरी पार्क बनाइनेछ । हरेक घरले कम्तीमा २ वटा विरुवा रोप्ने योजना बनाइनेछ । यसरी विरुवाको रोपनबाट विश्वमा आइरहेको बातवरणीय फेरबदल तथा क्लाइमेट चेन्जको असर न्युनिकरण गर्न हामी अग्रसर हुनेछौं , उनले भने ।
विकाससंगै आएको विनाश र वातवरणीय प्रतिकुलताको कारण दैनिक रुपमा मान्छेको स्वास्थ्यमा डरलाग्दो असर पुगीरहकेो प्रति चिन्ता व्यक्त गर्दै पन्थिले स्वस्थ बातवरणीय समाज निर्माण गर्न हरीयाली वार्ड बनाउनु जरुरी रहेको बताए । नयासडक, आवारोड, जनकपथ, विजयपथ, उदयपथ, देउरालीपथ, आर्यपथ, लालीगुरास पथ, दिव्य पथ, रामजानकी पथ, भैरहवा गाउ, भृकुटीपथ, कमलपथ, हिमाली पथ लगायत सबै क्षेत्रको दायाबाया ग्रीनरी सडक निर्माण गरिने गरी एमाले सिनपा ७ ले योजना समेत बनाएको छ ।
करिब २५ वर्षदेखी कम्युनिष्ट राजनीतिमा क्रियासील पन्थि एमाले रुपन्देहीका प्रभावशाली नेता समेत हुन् । सामाजिक रुपान्तरणको हरेक आन्दोलनमा सअग्रभागमा काम गरेका पन्थि एमालेको जनताको बहुदलीय जनवादको प्रर्खर चिन्तकको रुपमा समेत परिचित छन् । राजनीतिक जिवनमा जेलनेल समेत भोगेका, एमाले केन्द्रिय नेतृत्वसंग प्रत्यक्ष सम्पर्क भएका पन्थिले वडा नम्बर ७ को वडा अध्यषमा उमेदवारी दिएपछि वडाबासी समेत खुसीले गदगद भएका छन् । लामो समय एमाले नगर सचिव, जिल्ला सदस्य हुदैं स्थानिय जनतासंग अत्याधिक घुलमिल भएका पन्थिको वडा अध्यक्षमा उमेदवारीले वडाको मुहार फेरिने जनताले विश्वास गर्दै उनको पक्षमा व्यापक जनलहर सृजना गरिरहेको देखिएको छ ।
पन्थिको नेतृत्वमा रामबहादुर श्रेष्ठ, हरि काफ्ले, विमला आचार्य,राधिका ढाडी सदस्यको उमेदवार भएका छन् ।













प्रतिक्रिया