९ मंसिर २०८३, बुधबार

रुपन्देहीमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल, एमाले एक्लै भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ३० जेठ । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि प्रदेश नम्बर ५ अन्तर्गतको रुपन्देही जिल्लामा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।

काँग्रेस र माओवादी केन्द्रले रुपन्देहीका बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा मिलेर चुनाव लड्ने सहमति गरेका हुन् ।

तिलोत्तमा नगरपालिकामा यसअघि नै तालमेल गरी उम्मेदवार घोषणा भइसकेको अवस्थामा बुटवल उपमहानगर र देवदह नगरमा मंगलबार तालमेलको घोषणा गरिएको हो । तालमेलका लागि भएको सहमति पत्रमा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हकिकुल्ला खाँले हस्ताक्षर गरेका छन् ।

यता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । उसले यसअघि नै कुनै दलसँग तालमेल नगर्ने घोषणा गरिसकेको छ ।

कहाँ को उम्मेदवार ?

बुटवल उपमहानगरपालिका

मेयरः नेपाली काँग्रेसका खेलराज पाण्डे
उपमेयरः माओवादी केन्द्रका जगतबहादुर पोखरेल

देवदह नगरपालिका

मेयरः नेपाली काँग्रेसका हिराबहादुर खत्री
उपमेयरः नेकपा माओवादी केन्द्रका टीका न्यौपाने गौतम

तिलोत्तमा नगरपालिका

मेयरः रामकृष्ण खाँण
उपमेयरः गीता सारु