१ कार्तिक २०८३, आइतबार

एलएनए लालीगुराँस बास्केटबलको क्वाटरफाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’ तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्डलाई १९–१७ ले पराजित ग-यो । लालीगुराँसका सर्जन महतराले ९ अंक जोडे ।

जुनियर ब्वाइजमै एन्जल्स हर्ट, ग्रिनफिल्ड, नेरिक र महामञ्जुश्री पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

एन्जल्स हर्टले हिमरश्मीलाई २३–१० ले हरायो । विजेताका प्रतीक गौलीले १४ अंक जोडे । उमेश दाहालको १७ अंक सहयोगमा ग्रिनफिल्डले इनोभेटिभ इङलिस स्कुललाई ३५–१५ ले पन्छायो ।

नेरिकले हिमालयन एकेडेमीको चुनौती २३–१८ ले समाप्त पा-यो । नेरिकका समित खत्रीले ७ स्कोर गरे । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) विरुद्धको खेलमा महामञ्जुश्री ३३–१५ ले विजयी भयो ।

सिनियर गल्र्सको लिग खेलमा युनिभर्सल, ग्रिनल्यान्ड र ईडेन ब्रिज एकेडेमीले सफलता हात पारे ।

युनिभर्सलले सिद्धार्थ बनस्थलीलाई २०–१५ ले पराजित ग-यो । युनिभर्सलकी संगीता फुयालले १० अंक जोडिन् । ग्रिनल्यान्डले हिमालयनलाई १६–१० ले निराश पा-यो ।

ग्रिनल्यान्डकी अरिश्का खड्काले १० अंक बटुलिन् । ईडेनले कान्तिपुरलाई १९–१४ ले हरायो । ईडेनको जितमा सुम्निमा खनालले ८ अंक योगदान गरिन् ।