२१ कार्तिक २०८३, शनिबार

राजपाद्वारा सात सदस्यीय आन्दोलन परिचालन समिति गठन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले ‘आन्दोलन परिचालन समिति’ गठन गरेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा मंगलबार बसेको राजपा नेपालको अध्यक्षमण्डलको बैठकले सात सदस्यीय आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा बृषेशचन्द्र लाल, मनीषकुमार सुमन, केशव झा, रामनरेश राय यादव, सञ्जय यादव, कौशलेन्द्र मिश्र र ईन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

समितिले आन्दोलनको समीक्षा गर्नेदेखि आवश्यक पर्ने निर्णय र निर्देशन दिनेछ । समितिका सदस्य समेत रहेको राजपा नेपालका नेता केशव झाका अनुसार आन्दोलनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउनका लागि आन्दोलन परिचालन समिति गठन गरिएको जानकारी दिए ।

‘लिम्बुवान, मधेस र थरुहटमा आजदेखि सशक्त आन्दोलन सुरु भएको छ’, उनले भने, ‘आन्दोलनलाई आवश्यक पर्ने योजना, निर्देशन, नयाँ कार्यक्रम, मोनिटरिङलगायत शान्तिपूर्ण र व्यवस्थिति बनाउन आन्दोलन परिचालन समितिले सहयोगी भूमिका खेल्नेछ ।’

यसैबीच, गठबन्धनले आह्वान गरेको बन्द आह्वानका कारण तराईका जिल्लाहरूको जनजीवन दिनभरि प्रभावित बनेको छ ।