२१ कार्तिक २०८३, शनिबार

फोरमका नेता भन्छन्– निर्वाचनमा भाग नलिनेहरु पतन हुन्छन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ३० जेठ । राजपाले मधेसी जनता अधिकार सम्पन्न नभएकाले आसन्न स्थानिय तह निर्वाचन बहिस्कार गर्ने भन्दै बुधबार तराई मधेस बन्द गरिरहदा संघिय समाजबादी फोरम नेपालले भने त्यो कार्य गलत भएको जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष महेन्द्र यादवले अहिलेको परिवेशमा निर्वाचनमा भाग लिनुको विकल्प नभएको प्रतिक्रिया समेत दिए । संयुक्त मधेसी मोर्चाका पुर्व जिल्ला संयोजक समेत रहेका यादवले भने ‘यो स्थानिय तहको निर्वाचन भनेको स्थानिय जनतालाई अधिकार सम्पन्न बनाउनु हो । मिनी सिंहदरबारको रुमपा परिचीत स्थानिय तह निर्वाचनमा हामी जनताको एजेन्डालाई स्थापीत गनुपर्ने बेला आन्दोलन गर्नुको कुनै अर्थ छैन ।

यादवले विगतमा उठाएका मधेसी जनताको पक्षका मागहरु स्थानिय तहमा निर्वाचित भएर स्थानिय सरकार मार्फत लागु गर्दै प्रान्त र केन्द्रलाई दबाब दिनेगरी तत्काल संघीय समाजबादी फोरम नेपालले निर्वाचनमा भाग लिएको पनि जनाए । उनले अहिले एजेन्डा स्थापीत गर्न निर्वाचनमा भाग लिनुपर्छ । हामीले त भनेकै हो सबै मिलेर निर्वाचनमा भाग लिऔं भनेर तर साथीहरुले मान्नु भएन । यसले दुरगामी असर पार्नेछ । म त भन्छु निर्वाचनमा भाग नलिनेहरु कालान्तरमा पतन भएर जान्छन् ।

यादवले जनताले निर्वाचन चाहेकोले निर्वाचन मार्फत बुलेटको जवाफ ब्यालेटले दिनेगरी निर्वाचनमा भाग लिन लागेको पनि बताए ।