२१ कार्तिक २०८३, शनिबार

सर्वसाधारणले जथाभावी बाटो काट्दा २०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था हट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । सर्वसाधारणले जथाभावी बाटो काट्दा दुई सय रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था आजबाट हटेको छ ।

गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख (आईजीपी) प्रकाश अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख (डीआईजी) मिङमार लामासँग छलफल गरी सर्वसाधारणबाट दुई सय रुपैयाँ लिने व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको निर्देशनसँगै जथाभावी बाटो काट्ने सर्वसाधारणसँग ट्राफिक प्रहरीले २०० जरिवाना असुल्ने व्यवस्था हटेको हो ।

यसअघि गत जेठ १६ गतेदेखि ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने सर्वसाधारणलाई तीन घण्टासम्म नियन्त्रणमा राख्ने तथा दुई सय रुपैयाँ लिएर छाड्दै आएको थियो । अब जथाभावी बाटो काटे सर्वसाधारणले आधा घण्टा मात्रै ट्राफिक कक्षा लिनुपर्नेछ ।