२१ कार्तिक २०८३, शनिबार

काठमाडौंबाट चोरी गरेर फरार दुईजना चितवनमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), ३० जेठ । काठमाडौंबाट नगद र जिन्सी चोरी गरेर फरार भएका दुई जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । चोरी गरेर काठमाडाँैबाट बस चढेर पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट आज बिहान पक्राउ गरिएको हो ।

दुवैजना काठमाडौं महानगरपालिका– ३२ तीन कुने गौरीगाउँस्थित विवेक अधिकारीको घरबाट गत जेठ २४ गते रु ५० हजार, मोबाइललगायत इलेक्ट्रोनिक सामान चोरी गरेर फरार भएका थिए । उनीहरुको पिछा गर्दै चितवन आइपुगेका अधिकारीले प्रहरीलाई खबर गरेपछि दुवैजनालाई पक्राउ गर्न सकिएको हो ।

दुवैजनालाई कारबाहीका लागि आजै काठमाडौँ पठाइने प्रहरीले जनाएको छ । रासस