२१ कार्तिक २०८३, शनिबार

के विवेकशील दल एमाले निकट संस्था हो ? यस्तो आयो प्रष्टिकरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । विवेकशील नेपाली दलले आफू ‘एमाले निकट रहेको’ भन्ने आरोपको खण्डन गरेको छ ।

दलका प्रवक्ता रमेश पौड्यालले मंगलबार एक विज्ञप्ति जारी गर्दै भर्खरै सम्पन्न स्थानीय तहको प्रथम चरणको निर्वाचनको सेरोफेरोमा विवेकशील नेपाली दललाई बद्नाम गर्ने उदेश्यले ‘नेकपा एमालेसँग निकट रहेको’ भनेर गर्न खोजिएको प्रचारप्रति ध्यानाकर्षण जनाएका हुन् ।

‘विवेकशील नेपालीको स्थापनाकाल देखि हालसम्मको यात्रालाई या त नबुझेको वा बुझेर पनि नेपाली राजनीतिमा यस दलको जवरजस्त उपस्थितिबाट अत्तालिएको शक्तिले यो झुठो प्रचार गरिरहेको हामीलाई लागेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विवेकशील नेपाली दल समयसापेक्षता विश्वास राख्ने र मुद्दामा आधारित भई आफ्ना अभियानहरु संचालन गर्ने भन्दै विज्ञप्तिमा भनिएको छ– ‘यसो गर्दा कतिपय सन्दर्भमा विवेकशीलले उठाएको मुद्दा कुनै बेला नेपाली कांग्रेसलाई प्रिय लाग्न सक्ला, नेकपा एमाले वा माओवादी–केन्द्रलाई अप्रिय लाग्न सक्ला वा यसको विपरित पनि हुनसक्ला । हामी यस्तो हिसाब निकालेर चल्ने गर्दैनौं, बरु जिम्मेवार नागरिक, उद्यमशील समाज, सेवक सरकार र हितकारी राज्य हाम्रै कालमा स्थापनार्थ अविचलित रूपमा लागिपरि रहन्छौं ।’

यस्तो छ विज्ञप्ति (जस्ताको तस्तै):

विवेकशील नेपाली दल समयसापेक्षता बिश्वास राख्दछ र मुद्दामा आधारित भई आफ्ना अभियानहरु संचालन गर्ने गर्दछ । यसो गर्दा कतिपय सन्दर्भमा विवेकशीलले उठाएको मुद्दा कुनै बेला नेपाली कांग्रेसलाई प्रिय लाग्न सक्ला – नेकपा एमाले वा माओवादी-केन्द्रलाई अप्रिय लाग्न सक्ला वा यसको विपरित पनि हुनसक्ला । हामी यस्तो हिसाब निकालेर चल्ने गर्दैनौं, बरु जिम्मेवार नागरिक, उद्यमशील समाज, सेवक सरकार र हितकारी राज्य हाम्रै कालमा स्थापनार्थ अविचलित रूपमा लागिपरि रहन्छौं । यसो गर्दा हामी भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलताको नीतिबाट कदापी बिमुख हुने छैनौं, स्वास्थ्य लगायतका क्षेत्रमा ब्याप्त लुटतान्त्रिक पद्धति विरुद्ध निरन्तर खबरदारी जारी राख्नेछौं ।

यसै सन्दर्भमा भर्खरै सम्पन्न स्थानीय तहको प्रथम चरणको निर्वाचनको सेरोफेरोमा विवेकशील नेपाली दललाई बद्नाम गर्ने उदेश्यले ‘नेकपा एमालेसँग निकट रहेको’ भनेर गर्न खोजिएको प्रचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । विवेकशील नेपालीको स्थापनाकाल देखि हालसम्मको यात्रालाई या त नबुझेको वा बुझेर पनि नेपाली राजनीतिमा यस दलको जवरजस्त उपस्थितिबाट अत्तालिएको शक्तिले यो झुठो प्रचार गरिरहेको हामीलाई लागेको छ ।

नेकपा एमाले लगायत अन्य प्रमुख दललाई हेर्ने विवेकशील नेपालीको दृष्टिकोणमा कहींकतै अन्यौल एवं अस्पष्टता छैन । सरकार र प्रतिपक्षमा हुँदा दलहरुको बोलीमा केहि भिन्नता सुनिन सक्ला तर त्यसले परम्परागत राजनीतिक शक्तिका असक्षमता र सीमाहरूलाई तात्विक रूपमा कुनै फरक पार्दैन । उदाहरणका लागि डा. गोविन्द केसीले  गर्नु भएका सत्याग्रहका बिभिन्न चरणमा विवेकशील नेपाली दलले शसक्त अभियानबाटै साथ दिईरहेको समयमा नेकपा एमालेको सरकार रहेको र सोही पार्टीकै नेता वा कार्यकर्ताहरुको लगानी रहेको मनमोहन मेडिकल कलेजको बिषय निकै पेचिलो बनेर अगाडि आएको प्रसंग यहाँ स्मरणीय छ । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेललाई डा. केसीसँग सम्झौतामा आइपुग्न अन्तिम समयसम्म पनि दवाव दिने कार्यमा विवेकशील नेपालीले कुनै कसर छोडेको थिएन ।

अत: मुलुकलाई निकास दिने गरि सुसंस्कृत राजनीतिलाई अघि बढाउने अविभारा नविन सोच बोकेका शक्तिहरुले नै लिनुको कुनै बिकल्प छैन । यसर्थ, गलत नियत र उदेश्यबाट गरिएका झुठा प्रचारबाजीबाट कत्तिपनि बिचलित नभई निरन्तर २१औं शताब्दीसापेक्ष नेतृत्व निर्माणमा जुट्न हामी दलका सदस्य, समर्थक, शुभचिन्तक एवं आमनागरिकलाई आव्हान गर्दछौं ।

रमेश पौड्याल
प्रवक्ता