– सन्तोष यादब
सिरहा, ३० जेठ । नेपाली काँग्रेसका लहान नगर सचिव कृष्णहरी गैरेलले आज नेकपा एमालेमा प्रवेश गरेका छन् । लहान नपा १० मा आयोजिक चुनावी सभामा काँग्रेस नगर सचिव गैरेलले एमालेमा प्रवेश गरेको घोषणा गरे । उनलाई एमालेबाट लहान नगरपालिकामा मेयरका उम्मेदवार मुनी साह, एमाले केन्द्रिय सदस्य गंगा यादब लगायतले स्वागत गरेका थिए ।
काँग्रेसले हालसम्म उम्मेदवार समेत चयन नगरेको र आफ्नो एजेण्डा छाडेका कारण एमालेमा प्रवेश गरेका नेता गैरेलले बताए । काँग्रेसका १ सय २० कार्यकर्ता लिएर एमालेमा प्रवेश गरेका उनले एमालेको राजनीतिक मुद्दा आफूलाई मन परेको पनि बताए । एमालेमा बसेर निस्वार्थ जनताको सेवा गर्ने प्रतिवद्धता पनि जनाए ।
अन्य राजनीतिक दलले लहानमा उम्मेदवार समेत चयन गर्न नसकेको अवस्थामा एमालेका लहान नगरपालिकामा मेयर उम्मेदवार बनेका मुनी साह आक्रमक प्रचारमा जुटेका छन् । उनले विभिन्न दलका सयौं नेता तथा कार्यकर्तालाई दैनिक एमालेमा भित्र्याइरहेका छन् ।













प्रतिक्रिया