२१ कार्तिक २०८३, शनिबार

दाङमा अठ्ठार्इस जना मतदाता कालोसूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३० जेठ । विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ ।

कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने जिल्ला प्रशासन कार्यालय, दाङका लेखा अधिकृत बालचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

कालोसूचीमा पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा १५ जना, घोराही उपमहानगरपालिकामा आठजना बङ्गलाचुली गाउँपालिकामा दुईजना, राजपुर गाउँपालिकामा एकजना, शान्तिनगर गाउँपालिकामा एकजना र लमही नगरपालिकामा एकजना रहेका निर्वाचन कार्यालयले जनाएको छ । रासस