सर्लाही, ३० जेठ । संघीय समाजवादी फोरम नेपालमा सर्लाही जिल्लामा दख्खल राख्ने प्रभावशाली समूह प्रवेश गरेको छ ।
दुई दिनदेखि सर्लाहीमा सक्रिय रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई स्वागत गरेर पार्टीमा भित्र्याएका छन् ।
सोमबार सर्लाहीको हरिवनमा आयोजित पार्टी प्रवेश एवं चुनावी सभामा अध्यक्ष यादवले सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई टीका लगाएर स्वगत गरेका हुन् ।
राजपाका प्रमुख तीन जना नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गढ मानिएको सर्लाहीमा फोरम नेपालमा प्रवेश गर्नेको लहर व्यापक हुँदैछ ।
केही ठाउँमा राजपा कार्यकर्ताले असफल अवरोध गरेपनि फोरम नेपालको पार्टी प्रवेश तथा चुनावी सभाहरू निर्वाध भइरहेका छन् ।
सोमबार मात्रै हरिवनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) परित्याग गरी सयौंको संख्यामा स्थानीय नेताहरु फोरम नेपालमा आबद्ध भएका छन् ।











प्रतिक्रिया