
काठमाडौं, ३० जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि दुई नं. प्रदेशमा उम्मेदवारहरूका विषयमा टुंगो लगाउन नेकपा (एमाले)ले आन्तरिक तयारी थालेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार २ नं. प्रदेशका विशेष गरेर जनकपुरधाम उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाको प्रमुख र उपप्रमुखका विषयमा सहमतिका लागि आन्तरिक तयारी गरिएको जानकारी दिए ।
‘२ नं. प्रदेशका स्थानीय तहमा सहमतिमा सबै उम्मेदवार टुंगो लाग्छन्’, उनले भने, ‘जनकपुरधाम र वीरगञ्जको हकमा सो प्रदेशका इञ्चार्ज सत्यनारायण मण्डलसँग परामर्शपछि अन्तिम निर्णय हुन्छ ।’
एमालेले सो विषयमा छलफल गर्न आजै (मंगलबार) २ नं. प्रदेशका इञ्चार्ज मण्डललाई काठमाडौं बोलाएको छ ।
मण्डलसँगको छलफलपछि स्थायी समितिले सो प्रदेशमा सरोकार राख्ने प्रमुख नेताहरूसँग पनि परामर्श गर्ने केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिए ।











प्रतिक्रिया