काठमाडौं, ३० जेठ । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् ।
अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउनसक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।
गृहमन्त्रालयको आकर्षणसँगै त्यससँग आउने चुनौतिको समाना गर्न सकिएन भने सधैका लागि अपजस भागिदार हुनसक्ने संभावना पनि उत्तिकै छ । निर्वाचन सुरक्षा संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय तहको निर्वाचन छिटपुट घट्ना बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । तर दोस्रो चरणका निर्वाचन हुन बाँकी रहेका प्रदेशमध्ये २ नम्बर प्रदेशमा निर्वाचन सबैभन्दा चुनौतिपूर्ण रहेको सुरक्षा निकायको विश्लेषण छ ।
गृहमन्त्रालयले तयार गरेको निर्वाचन केन्द्रीत विशेष सुरक्षा योजनामा पनि २ नम्बर प्रदेशका अन्य प्रदेको भन्दा बढी संख्यामा सुरक्षाकर्मी खटाउनु पर्ने, कर्मचारी, उम्मेदवार तथा सर्वसाधरणनै असुरक्षित महशुस हुनसक्ने भएकाले त्यसमा ध्यानदिनु पर्ने जस्ता विषयहरू समेटिएका छन् ।
तराई मधेशको राजनीति गरिरहेका क्षेत्रीय दलहरू र राष्ट्रिय राजनीतिमा प्रभाव जमाइरहेका तीन ठूला दलका वीचमा समेत झडप हुनसक्ने भएकाले त्यहो सुरक्षा अवस्था संवेदनशील रहेको विषयतर्फ नवनियुक्त मन्त्री शर्माको ध्यान जानु आवश्यक छ । निवर्तमान सरकारका मन्त्री विमलेन्द्र नीधि मधेसकै नेता भएकाले शान्ति सुरक्षाको अवस्था सामान्य हुने अपेक्षा गरिएको थियो ।
अवको परिस्थिति क्षेत्रीय सन्तुलनमा देखा परेको असन्तुलनले पनि निर्धारण गर्नेछ । त्यसैगरी यही सरकारले प्रदेश तथा केन्द्रीय निर्वाचन सम्ेत गराउनुपर्ने भएकाले शर्माको ध्यान सुरक्षाकर्मीहरूलाइ उच्च मनोबलका साथ परिचालन गर्नुपर्ने अवस्था छ ।
यतिबेला सुरक्षा निकायमा देखिएको अस्तव्यस्तताले मनोबल निकै कमजोर भएको छ । त्यस्तै तीनवटै सुरक्षा निकायका अधिकारीको सरूवामा राजनीतिक गन्ध आउनबाट बचाउन सक्नुपर्छ । अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी तथा मन्त्रालय र विभागका कर्मचारीहरू आफू निकट राजनीतिक दलका नेताहरूको घरघरमा पुग्ने गरेका छन् उनीहरूलाई त्यहाजान बाट रोक्नपनि उनको पहिलो चुनौति हुनेछ ।












प्रतिक्रिया