सिरहा, ३० जेठ । असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन बहिष्कार गरेका राजपाले आह्वान गरेको मधेस बन्दको प्रभाव सिरहासहितका मध्य तराईका जिल्लाहरूमा देखिएको छ ।
पूर्वपश्चिम महेनद्र राजमार्गमा मोटरसाइकल बाहेकका सवारी साधन चल्न सकेका छैन् । राजमार्गमै सवारी साधन नचलेपछि यात्रु मर्कामा परेका छन् ।
काठमाडौंबाट पूर्वका लागि छुटेका केही रात्रि बसलाई भने लहान प्रहरीले स्कटिङ गरेका गन्तव्यमा पुर्याइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
सिरहाको लहान, गोलबजार, मिर्चैया, धनगढी, सिरहा सदरमुकाम लगायतका बजार सुनसान छ । अन्य दिनको तुलनामा सर्वसधारणको उपस्थिति पनि बजारमा न्युन देखिएको छ ।
मध्य तराईका जिल्लाहरूमा बजार, उधोग कलकारखाना पनि बन्द छ । विद्यालयहरू पनि बन्द भएपछि पढ्न पुगेका विद्यार्थी घर फर्केका छन् ।
लहानसहितका मुख्य बजार र सडकमा राजपाका नेता तथा कार्यकर्ताहरू ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेको छ । निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारहरूको गाडी समेत आज चलेका छैन् ।
राजपाले संविधान संशोधन गरे मात्र निर्वाचनमा भाग लिने अडान राखेपनि सरकारले वास्ता नगरेपछि आन्दोलनको घोषणा गरेको छ ।
संविधान संशोधन, आन्दोलनमा ज्यान गुमाएकालाई शहिद घोषणा, घाइतेहरूलाई उपचार नगराएसम्म निर्वाचन हुन नदिने राजपाका नेताहरू बताउँछन् ।












प्रतिक्रिया