राजकुमार ओली
काँकडभिट्टा, ३१ असोज । इलाका प्रहरी कार्यलय काँकडभिट्टाले डेढ महिनामा ६५ लाख रुपैयाको अवैध सामान प्रकाउ गरी भन्सार बुझाएको छ ।
गत भदौ ११ गते प्रहरी प्रधान कार्यलयबाट इलाका प्रहरी कार्यलय काँकडभिट्टा आउनुभएका प्रहरी नायव उपरिक्षक अर्जूृन तिमल्सिनाले डेढ महिनाको अवधिमा नै ६५ लाख रुपैयाको समान भन्सार दाखिला गरेको बताउनुभयो ।
तस्करसँग मिलेमतो गरी काम गरेको भन्दै हालसम्म प्रहरी नायव निरीक्षकदेखि जवानसम्मका २६जनालाई कारवाही गरिसकेको उहाँको भनाई छ ।
ती मध्ये ४ जनालाई निलम्वन गरिएको छ भने अन्यलाई नसियत,ग्रेड रोक्का गरिएको छ । ४ जना प्रहरी पुरस्कृतसमेत भएका छन् ।
इलाका प्रहरी कार्यलय काँकडभिट्टाले लागु औषध प्रयोगकर्तालाई समेत कडाइका साथ कारवाही गर्दै आएको छ ।













प्रतिक्रिया