काठमाडौं, ३० जेठ । दाङको तुल्सीपुर नगरपालिका वडा नं ५ निवासी सफल व्यापारी राजकुमार श्रेष्ठ २५ गते शुक्रबार साझ ८ बजे आफ्नै गाडीमा कार्यालयबाट निस्केका थिए । घर परिवार खाना पकाएर कुरिरहेका थिए ।
‘श्रीमान र वुवा कति बजे आउनु होला र संगै खाना खाउला भनेर कुरेका परिवार कुर्दा कुर्दै रात गयो । फोन गर्यो फोन अफ थियो,’ श्रेष्ठकी श्रीमती निर्मलाले रुदै भनिन- ‘घरवाट बाहिर जांदा खबर गरेर जाने वानी थियो । जांड, रक्सी, चुरोट र अन्य गलत आचरणवाट उनी सधै टाडा थिए । साथी भाइसंग वेलुका वस्ने उनको वानी थिएन । साथी भाइ, ईष्ठ, मित्र सवैकोमा सोध खोज गरियो पत्तो लागेन ।’
‘भोलि पल्ट शनिवार प्रहरीकोमा खवर गरियो । प्रहरीले श्रीमानले चलाएको गाडी सल्यानको जंगलमा गाडीको टायरका हावा फालेको अवस्था फेला परे पछि थाहा भयो उहाँ अपहरणमा पर्नु भएछ,’ उनले भाव विहोल हुँदै भनिन ।
‘१ महिना अगाडि अपहरणमा परेका तुल्सीपुर ५ का व्यापारी रतन वली मृत अवस्था फेला परेका थिए । मलाई मेरो श्रीमान सकुसल रिहाइ गर्नको लागि पहल गरिदिनुस्’ भन्दै घटनाबारे बुझ्न काठमाडौंबाट आफ्नो निवासमा आइपुगेका युवा संघ नेपालका केन्द्रीय सचिव माधव वास्तोला लगायत नेताहरुसंग आग्रह गरिन् ।
छोरा निशानले आँखाभरी आँशुको भारी पार्दै भने- ‘मेरो बुवाले कसैको केही विगार्नु भएको थिएन । हामीले थाहा पाउनु पर्यो उहाँले के कारण अपहरणमा पर्नु भयो । हाम्रो खुशीमा कसको आँखा लाग्यो । हामीलाई पढाएर ठुलो मान्छे भएको हेर्न चाहन्छु भन्नू हुन्थ्यो । अब हाम्रो वुवा आउनु हुन्छ कि हुन्न हामीलाई शंका छ । सकुशल रिहाइ गरिदिनुपर्यो ।’
तुल्सीपुरमा अपहरणको घटना यो पहिलो होईन । अपहरणको गिरोह सक्रिय छ । तर प्रशासनले अहिलेसम्म समात्न सकेको छैन ।
जब केपी ओलीले फोनमा कुरा गरे…
संघका सचिव वास्तोलाले अपहरणको विरुद्धमा हाम्रो पार्टी र संघ रहेको भन्दै एमालेका अध्यक्ष केपी ओलीलाई फोन लगाई निर्मलासंग कुरा गराए ।
अध्यक्ष ओलीले तुल्सीपुरमा अपरहणको घटना बढ्न थालेको र अपहरणका गिरोहलाई सरकारले समात्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । आफ्नो पार्टी उहांको रिहाइको लागि प्रशासन र सरकारलाई दवाव दिने र जतिसक्दो चांडो रिहाईको लागि पहल गर्ने आश्वासन ओलीले दिनुभयो ।
अध्यक्ष ओलीसँग फोनमा कुरा भएपछि संगै बसेका आफन्त र परिवारजनमा केही आशा जागेको र वास्तवमा राष्ट्र र जनताको हित चिताउने पार्टी एमाले र त्यसका अध्यक्ष केपी ओलीले हाम्रो समस्यामा चिन्ता जाहेर गरि सम्झेकोमा श्रेष्ठले आभार व्यक्त गरिन् ।
संघका सचिव माधव वास्तोलाको नेतृत्वमा संघका अनुशासन आयोगका अध्यक्ष एवं पार्टी सचिव दाङका हिरा चन्द्र केसी, केन्द्रीय सचिवालय सदस्य मनोहर वुढाथोकी लगाएत संघका नेता तथा कार्यकर्ताको टोली भेट्नको लागि उनको घरमा गएको थियो ।
उनका १ श्रीमती, २ छोरा, २ छोरीसहित ६ जनाको परिवार छ ।
श्रेष्ठको रिहाइको लागि आज तुल्सीपुरका व्यापारीहरुले बजार (यातायात बाहेक) बन्दको घोषणा गरेका छन् ।












प्रतिक्रिया