२१ कार्तिक २०८३, शनिबार

पाल्पामा कांग्रेसको घरदैलो कार्यक्रम तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २९ जेठ । पाल्पाका स्थानीय निकायमा नेपाली कांग्रेसका उम्मेदवारहरूले आ–आफ्ना क्षेत्रका मतदाताको घरदैलोमा पुगेर मत माग्ने कार्यक्रम तीव्र गतिमा चलेको छ ।

कांग्रेसका प्रचार प्रसार संयोजक राधेश्याम ज्ञवालीले कांग्रेसले घरदैलो सम्पन्न गरेर चुनावी सभा, प्रचारप्रसार, पुनः घरदैलो गरिरहेको बताउनुभयो ।

कांग्रेस तानसेन नगरको आयोजनामा दमकडामा चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नु भएको छ ।

उहाँले स्थानीय विकास र जनताका समस्या समाधानमा अत्यन्तै महत्व राख्ने स्थानीय तहको निर्वाचनमा आफ्नो विवेकको अधिकतम उपयोग गरी मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पाल्पा जिल्ला क्षेत्र नं. ३ का सांसद हरिप्रसाद नेपालले जनताको सुःख दःखमा साथ दिने पार्टी भएकाले जनताले कांग्रेसलाई भोट दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राजेन्द्र गोपाल सिंह, प्रेमनाथ बस्याललगायतले जनताका अधिकारका लागि २००७ सालको क्रान्तिदेखि निरन्तर लड्दै आएको कांग्रेसको अगुवाईमा राजनीतिक परिवर्तन सम्पन्न भएकाले आर्थिक परिवर्तनका लागि कांग्रेसका सम्पूर्ण उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नुभयो ।