काठमाडौं, २९ जेठ । । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा सोमबार बेलुका प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच सरकार सञ्चालन, मन्त्रिपरिषद बिस्तार, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र राजपा नेपाललाई चुनावमा ल्याउने विषयमा छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
छलफलमा देउवा र दाहालबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपा नेपालसँग वार्ता र सम्वादको प्रक्रिया पनि जारी राख्ने समझदारी भएको छ ।












प्रतिक्रिया