२१ कार्तिक २०८३, शनिबार

नेपाल बंगलादेश बैंक कुश्मा शाखाद्धारा स्टेशनरी सामाग्री वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेपाल बंगलादेश बैंक कुश्मा शाखाले बैंकको २३ औ बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुश्मा को छमर्के स्थित जनजागृत प्राथमिक बिद्यालयलाई २ थान White Board  प्रदान गरेको छ ।

साथै उक्त बिद्यालयमा अध्ययनरत २२ जना बिद्यार्थीहरुलाई स्कूलको ब्याग तथा स्टेशनरीका सामानहरु बितरण गरेको छ ।

उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका अभिभावकहरु ज्यादै निम्न आयस्रोत भएका र अहिलेसम्म कुनै सरकार तथा संघ संस्थाको कुनै किसिमको सहयोग प्राप्त नभएकोले उक्त बिधालयलाई सहयोग गरेको कुरा नेपाल बंगलादेश बैंक कुश्मा शाखाका शाखा प्रबन्धक सुष्मा पन्तले जानकारी दिनुभयो ।