भैरहवा, २९ जेठ । गरिब तथा विपन्न जनताको लागी एमालेले भैरहवामा जनता आवास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
एमालेको तर्फबाट मेयर पदका उमेदवार हरिप्रसाद अधिकारीले सरकारद्धारा सन्चालित जनता आवस कार्यक्रमलाई प्रभावकारी बनाउदैं स्थानिय तहमा छुट्टै कार्यक्रम लिएर जाने बताएका छन् ।
अधिकारीले मतादाताहरुको घरघरमा जादां उनीहरुको घरको स्थिति देख्दा मन कुडिंएको समेत जनाए । ‘सिद्धार्थनगरमा अहिले पनि यहांसम्मको गरिबी छ की, सामन्य टाउको ओत लगाउने छानो पनि छैन कयौं मतादाताको । ’
अत्यन्तै भावुक हुदैं अधिकारीले भने “म सिनपाको मेयरको कुर्चिमा बस्ने वित्तिकै पहिलो बैठकबाट गरिब र विपन्न जनताकोलागी आवसको व्यवस्थापन गर्नेछु । किनकी मान्छेको ठूलो आवश्यक्ता गास बास र कपास हो । त्यसपछि मात्रै अरु आवश्यक्ता पुरा गर्ने हो ।”
आवासको कुरा गर्दै जादा अधिकारीले सामन्तवादी प्रवृतिले गर्दा कयौं जनता अहिले पनि राजा र प्रजाको शासन गुजारी रहेको हरेक परिवार एक घर अभियान चलाई जनतालाई गरिबीको रेखाबाट माथी उठाउने आफ्नो लक्ष्य हुने पनि बताए ।
सोही अवसरमा उपमेयरको उमेदवार उमा काफ्लेले महिलाहरुलाई घरमुलिको रुपमा स्थापीत गर्दै घरको कामदार मात्रै होइन मालिक बनाउनेगरी कार्यक्रम अगाडी लिएर जाने बताइन् । सिनपामा रहेको सरकारी जग्गाको व्यवस्थापन गर्दै सोही ठाउमा जनताकोलागी आवस निर्माण गरिने एमालेले तयारी थालेको छ ।













प्रतिक्रिया