काठमाडौं, २९ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन विथोल्ने गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू मधेस जाने भएका छन् ।
काठमाडौंका बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा सोमबार बसेको अध्यक्षमण्डलहरूको बैठकले शीर्ष नेतालाई मधेसका जिल्ला पठाउने निर्णय भएको हो ।
अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवका अनुसार शीर्ष नेताहरू आफू अनुकूल मधेसका जिल्लामा जाने बताए । ‘संघीय गठबन्धनले आन्दोलन घोषणा गरेको छ’, उनले भने, ‘आन्दोलनलाई उर्जा दिन शीर्ष नेताहरू मधेस जाने सहमति भएको छ । आफ्नो समयको अनुकूललाई ध्यानमा राखेर मधेसमा जान्छौँ ।’
राजपा नेपालका युवा नेता केशव झाले पनि आन्दोलनलाई सशक्त बनाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘आन्दोलन घोषणा भइसकेको छ । सोमबार मसाल जुलुससहित प्रदर्शन हुन्छ । मंगलबारदेखि लिम्बुवान, मधेस र थरुहट जिल्लामा बन्दको आह्वान गरेका छौँ ।’











प्रतिक्रिया