काठमाडौं, २९ जेठ । संसारकै प्रख्यात विकनी किलर चार्ल्स शोभराजको सोमबार मुटुको भल्भ फेरिएको छ ।
मुटुको भल्भमा समस्या भई गंगालाल अस्पताल भर्ना भएका शोभराजको सोमबार मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले भल्भ फेरेका हुन् ।
शोभराज केन्द्रीय करागार गोलघरमा कारावास जीवन विताइरहेका छन् । शरीर सुन्निएको र सास फेर्न गाह्रो भएपछि उनलाई कारागारभित्रकै अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनको मुटुको भल्भको समस्या देखिएपछि गंगालालमा आज भल्भ फेरिएको हो ।
शोभराजको भल्भ सफल रुपमा फेरेपछि डा. कोइरालाले शोभरालाई अङ्गालो हाल्दै गरेको फोटोसहित अङ्ग्रेजीमा ट्विट गरेका छन्– ‘हो ! उनको मुटु छ र मैले भर्खर भित्रका भल्भहरु ठीक गरिदिएँ । स्वास्थ्यमा सुधार हुँदैछ ।’











प्रतिक्रिया