१ कार्तिक २०८३, आइतबार

मोहन लगातार जुडोमा च्याम्पियन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्ण जिते । उनले अस्ट्रेलियाकै एडमन्ड युनसंग मिलेर स्वर्ण जितेका हुन् ।

पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अंक ल्याएका थिए । मोहन र एडमान्डको जोडीले सो स्पर्धामा स्वर्ण जितेको यो लगातार चौथो पटक हो ।

अस्ट्रेलिया जुडो महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा पनि मोहन कांस्य जित्न सफल भए । उनले पश्चिम अस्ट्रेलियाका ज्याकब रिडलाई पराजित गरे ।

अस्ट्रेलियामै बस्दै आएका अर्का जुडो खेलाडी खेम थापाले पनि पुरुष ६० केजीमा कांस्य जित्न सफल भएको बताइएको छ । सो स्पर्धामा १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मोहन र खेलमले भिक्टोरियाको प्रतिनिधित्व गरेका थिए ।