काठमाडौं, २९ जेठ । फोरजी लगायतका प्रोजेक्टमा बारम्बार करोडौं कमिसन मागेर हैरानी बनाएपछि हुवावे कम्पनीले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक एमडी कामिनी राजभण्डारीसँग सम्बन्ध बिच्छेद गर्ने चेतावनी दिएको छ ।
चिनिया कम्पनी हुवावेसँग १२ करोडमा तयार हुने काठमाडौं र पोखराका लागि फोरजी सञ्चालनका लागि उनले ५७ करोड रुपैयाको स्पेक बनाएर कमिसनको भागवण्डा गराएकी थिइन् । टेण्डर नै नगरी नेपाल टेलिकमको विनियममा टेकेर राजभण्डारीले यो खेल सञ्चालन गरेकी हुन् । तर कमिसन बापतको रकम प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहाल देखि सञ्चारमन्त्रीका स्वकीय सचिवहरुले पटक पटक मागेर हैरानी बनाएको भन्दै केहि दिन अघिसम्म प्रवन्ध निर्देशक भण्डारी अत्यन्तै तनावमा थिइन् । तथापी अहिले भने आफैसँग भारतमै पढेकी डा. आरजु राणा देउवालाई बेला मौकामा कमिसन पु¥याउदै आएकोले मनाउन सजिलो भएको बताएकी छन् । सरकार परिवर्तनसँगै नयाँ सञ्चारमन्त्री आएपछि के हुने हो ? को सञ्चारमन्त्री बन्ने हो भनेर उनले आफु निकटका व्यक्तिहरुसँग सोधनी गरिरहेकी छन् ।
नेपाल टेलिकमको काठमाडौं र पोखरामा सुरु गरिएको थ्रिजी सेवा फोरजी भनेर ढाट्ने गरिएको छ । यो विषयमा सामान्य प्राविधिकलाई समेत थाह भइसकेको छ । टेलिकममा भ्रष्टाचार भएको थाहहुँदा हुदै र आधादर्जन उजुरी परेको भएतापनि अख्तियारमा भने छानविनका लागि सुस्त गतिमा काम गरिएको छ । ठूला माछा समात्ने काममा प्रमुख आयुक्त दीप बस्न्यातले समेत खुट्टा कमाएका छन् । बस्नेतले पनि ठूला माछा समात्दा हुने जोखिम मोल्न तयार नभएको एक जान कर्मचारीले बताए ।
प्रबन्ध निर्देशक राजभण्डारीसँग हुवावेको कमिसन द्वन्द्व भएपछि व्यवस्थापनलाई एन्यूअल मेन्टेनेन्स सर्भिसको समस्या भएको छ । अव अन्य कम्पनीलाई त्यो जिम्मा दिन नसकिने भन्दै टेलिकम ध्वस्त बनाउने भइन् भनेर बरिष्ठ अधिकृत देखि इमान्दार कर्मचारीहरु चिन्तित छन् । नेपाल टेलिकमको विशेष आयस्रोतको रुपमा रहेको मोबाइल सर्भिस निर्देशनालयका अशोक थापालाई सरुवा गरिदिएपछि निर्देशक बिहिनं बनेको छ । सर्वज्ञ कंसाकार, प्रदिप ठाकुर जस्ता बदनाम व्यक्तिहरु मात्रै एमडी राजभण्डारीका भित्रिया बनेका कारण संस्थाको हितमा कामगर्नेहरु प्रति पुरै पूर्वाग्राही ढंगले उत्रिएकी छन् । नेपाल राज्यभरमा फोरजी सञ्चालनका लागि हुवावेको मात्रै टेण्डर मिल्ने फोर जीको स्पेक बनाइएको छ । तर राजभण्डारीले नीतिगत निर्णय गर्नुभन्दा पनि पटक पटक आफ्ना सल्लाहकारहरु सेवानिवृत एमडीहरु अनुपरञ्जन भट्टराई र डीएमडी राजेन्द्र नकर्मी, कृष्ण घिमिरहरुका कारण भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि काम गर्न डराएर सम्बन्ध नै बिच्छेद गर्नेसम्मको निर्णय गर्ने स्रोतको दावी छ ।
नेपाल टेलिकममा जागिर खाएपछि कहिल्यैपनि कार्यालय प्रमुख नबनेकी राजभण्डारी कमिसन नदिने कम्पनीको फाइल रोकिदिएकी छन् । नेपाल टेलिकममा प्रत्येक स्पेकको ५० लाखका दरले कमिसन उठाउने र सबै ठाउँमा पु¥याउने ठेक्का लिएका प्रदिप ठाकुरलाई बढि कमिसनका कारण मोजमस्तीमा लाग्दा निको नहुने रोग लाग्ने बेला भएसकेको छ । एक जना कर्मचारीले ब्यंग गर्दै भने । लामो समय एकछत्र रुपमा व्यापार गर्दे आएको टेलिकममा पुरानै सामान्ती र कमिसनखोर सोच रहेका कारण अहिले एक दशकको अबधिमै एनसेलले सेवा प्रवाहमा उछिनिसकेको छ । यद्यपी प्रबन्ध निर्देशक रााजभण्डारीले निर्णय नै लिन नसक्ने भएका कारण हायरमा राखेका कमिसन दलालहरु सेवानिवृत एमडी अनुपरञ्जन भट्टराई र डीएमडी राजेन्द्र नकर्मी, कृष्ण घिमिरे अर्को व्यक्तिका नाममा फर्म दर्ता गरेर मिलेमतोमा टेण्डर लिने र अन्य व्यक्तिलाई कमिसनमा दिने धन्दा संचालन गरेका छन्् ।
प्रवन्ध निर्देशक राजभण्डारीले आफ्नो हर्ताकर्ताका रुपमा स्पेक बनाएर टेण्डर मिलाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सेटिङ धन्दा सन्चालन गरेका प्रवन्धक प्रदीप ठाकुरको विश्वासमा परेर काम गर्ने गर्दछिन् । तर अहिले सर्वज्ञ कंसाकारलाई पनि त्यो कामको जिम्मा लगाएकी छन् ।
आफु फस्ने निश्चित भएपछि सुरुमा प्रवन्ध निर्देशक राजभण्डारीले प्रदिप ठाकुरले गरेका अनियमित्तताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको लामो समयसम्म जवाफै नदिई रोकेकी थिइन् । तर पछि राजभण्डारीको नाम समेत मुछिएपछि अध्ययनका लागि अख्तियार दुररुपयोग अनुसन्धान आयोगले आवश्यक सबै फाइल उठाएर लगेको छ ।
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय इनकमिङ कलको अनुपात बिगतमा भन्दा पुरै खस्कदो अवस्थामा छ । तीन महिना अघि १.२ मिलियन कल आउने गरेकोमा अहिले आएर .८८ मिलियनमा झरेको छ । विभिन्न ठेक्का पट्टामा टेलिकममा अरबौं रुपैया नोक्सानी हुँदै आएको छ । ओभर द टाइम, यूएसएसडी, सोलार प्रोजेक्ट, कस्टोमर केयर सेन्टर, भीआरएलए बेट्री, पीडीएच माइक्रोवेभ,रिमोट इलेट्रीकल टिल्ट एन्टिना, मिडिएसन एण्ड इन्टरकनेक्ट, सीआरबीटी प्रोजेक्ट, क्याम्पीयन मनेजमेन्ट, प्रोजेक्ट यूएम केवल जस्ता परियोजना पुरै नोक्सानीमा छन् । – डायरी एक्सप्रेस













प्रतिक्रिया