१ कार्तिक २०८३, आइतबार

नेपाली भलिबल प्रशिक्षक पूर्ण र टहलले पुरा गरे एसियन रेफ्रि कोर्ष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेपाल भलिबल संघले २०७४ र ७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघले शनिवार भलिबल राष्ट्रिय खेल घोषणा गरेको अवसरमा वर्षभरिका भलिबल खेल सम्वन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

एशियन रेफ्रिको कार्यक्रमसहित क्षेत्र, जिल्ला र क्लबसमेत प्रतियोगितालाई आफ्नो क्यालेन्डरमा समावेश गरेको छ । क्यालेन्डरअनुसार विद्यालय कपदेखि सांसद महिला पुुरुष भलिवलकप सम्म क्यालेण्डरमा समावेश गरिएका छन् ।

यसै अवसरमा हालै थाइल्याण्डको बैकंकस्थित रामखेङहाङ युनिभर्सिटीमा जुुन २२ देखि जुुन ३० मा सम्पन्न भएको एशियन रेफ्रि कोर्षमा नेपालको प्रतिनिधित्व गदै भलिबलका पूर्व राष्ट्रिय खेलाडीद्धय पुुर्ण चौलागांई र टहल सिंह थापा सहभागी भई कोर्ष सफलता पुुर्वक सम्पन्न गरि स्वदेश फर्किएका छन् ।

पुुर्ण यसअघि नेपाल भलिवल संघको सिफासिरमा रेफ्रि रिफ्रेसर कोर्ष गर्न बैंकक गईसकेका हुन् । साथै पुुर्ण र टहल सिंह अव्वल दर्जाका रेफ्रि हुुन् । यस कोर्ष दुुवै जना अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुुने छन् । यस सन्दर्भमा नेपालमा हाल भलिवल अन्तर्राष्ट्रिय रेफ्रिहरुको संख्या पांच पुुगेको छ ।