मुम्बई । आमिर खानको चर्चित बलिउड चलचित्र दंगलकी नायिका जायरा बसिम सवार कार दुर्घटना भएको छ । भारतको श्रीनगरमा जायरा सवार कार सडकबाट खसेर दुर्घटना भएको हो ।
शुक्रवार राति कार दुर्घटना हुँदा जायरा आरिमको कारमा थिइन् । सोही कार दुर्घटनामा परेको थियो ।
जायरा पटक–पटक दुर्घटनामा परेर बाँचेकी छन् । दुर्घटना लगत्तै स्थानीयवासीले तत्काल जायरालाई गाडीबाट उद्धार गरी बाहिर निकालेका थिए । दुर्घटनामा परेकी जायरालाई कुनै चोट भने लागेको छैन ।
चलचित्र दंगलबाट चर्चित बनेकी जायराले ‘बेस्ट सपोर्टिङ एक्टर’का रुपमा नेशनल फिल्म अवार्ड पाएकी थिइन् । – एजेन्सी















प्रतिक्रिया