२१ कार्तिक २०८३, शनिबार

दोस्रो चरणको निर्वाचनको ‘आक्रामक’ तयारी गर्दै कांग्रेस, तराईमा गतिविधि बढायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै चुनावी प्रचार प्रसार तीव्र पारेको छ । कांग्रेस केन्द्रीय प्रचार समितिका अनुसार उम्मेदवार टुंगो लागिसकेका स्थानमा प्रचार प्रसारलाई तीव्रता दिइएको हो ।

भैरहवामा काँग्रेस मेयर–उममेयरको प्रचार तीव्र

सिद्धार्थ नगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेद्वार मातृका प्रसाद यादव र उपमेयर पदकी उम्मेदवार मावधी शर्मा वाग्लेले घरदैलो कार्यक्रममार्फत प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।

सबै मतदाताको घरमा पुगेर समस्या बुझ्ने तथा आफ्ना एजेण्डाहरु उनीहरुका बीच पुर्याउन मेयर, उपमेयरसहित वडाका उम्मेदवारहरु बिहानैदेखी साझँसम्म घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । नगरका मेयरका उम्मेदवार यादव र उपमेयरकी उम्मेदवार शर्माले शनिवार वडा नं. २ को मेउडीहवा, फुलपुर, झण्डीबजार, जगंलटोल, डाडाँगाउँ लगायतका क्षेत्रमा घरदैलो गरेका छन् ।

घरदैलोको क्रममा स्थानीयले काँग्रेसले भैरहवामा सबै क्षेत्र, समुदाय, जातजातीलाई सम्मान गर्दै उम्मेदवार चयन गरेको भन्दै आफूहरुले सहयोग गर्ने बताए । स्थानीयको चाहाना, नगरको आवश्यकतातथाबिकासलाई ध्यानमा राखीबडा नं २ मा रहेको बञ्चबाटिकालाई ब्यबस्थित र स्तरउन्नती गरी पिकनिक स्थलका रुपमा विकास गरिने मेयर पदका उम्मेदवार यादवले बताउनुभयो । उहाँले मेउडीहवा देखीफुलपुरसम्मपक्की सडक निर्माण गर्ने समेत बताउनुभयो । उपमेयरकी उम्मेदवार शर्माले बहिरा बालबिद्यालयको स्तरोन्नति, भित्री सडकको स्तरोन्नति तथा ढल ब्यबस्थापनजस्ता कामलाई आफुहरुले प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नुभयो ।

पहिलो चरणको घरदैलो गरिसकेका बडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले पनि मेयर–उपमेयरसगै दोस्रो चरणको घरदैलो गरेका छन् । वडा नं २ बाट नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा जगजीवनपाठक, सदस्यहरुमा पार्वती साह, फूलमती हरिजन, मथुरा यादव र युवराजश्रेष्ठउम्मेदवार रहेको नगरसभापतिदिलीपधितालले जानकारी दिनुभएको छ । यसअघि काँग्रेसले सिनपा १ को बेलहीया, रानीगाउलगायतका क्षेत्रमा घरदैलो गरिसकेको छ ।

काँग्रेसले मेयर–उपमेयरको टुगों लगाएपछि उत्साहित भएका स्थानीयहरुको घरदैलोमा उलेख्य सहभागिता रहेको नगर सचिव संजीव शर्मा रेग्मीले बताउनुभयो ।

बुटबलको चुनाव व्यवस्थित गर्न विभिन्न समिति गठन

यस्तै, नेपाली कांग्रेस बुटवलनगर समितिले आउँदो स्थानीय निर्वाचनमा पार्टीलाई विजयी बनाउन निर्वाचन व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरेको छ । नगर समितिका सचिव ज्योती भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको अनुगमन तथा मुल्याङ्कन गर्नका लागि आनन्दमान सिंह शाक्यको संयोजकत्वमा अनुगमन तथा मुल्याङकन समिति, अधिवक्ता शालिकराम वञ्जाडेको संयोजकत्वमा २५ सदस्यीय स्थानीय घोषणापत्र प्रकाशन उपसमिति गठन गरेको छ । यस अगावै प्रचार प्रसार लगायतअन्य समितिहरु गठन भै काम गरिरहेका छन् ।

पार्टी प्रवेशको लहर

नेपालीकाँग्रेसको चुनावीकार्यक्रमअन्तरगतशनिबार आयोजनागरिएको क्रियाशिल भेलामाबुटवलको वडा नं. ११ देवीनगरमाबिभिन्नपार्टी परित्याग गरि करिव २ सय ६१ जना नेपालीकाँग्रेसमाप्रवेश गरेकाछन् । बिभिन्नपार्टी परित्याग गरि उनीहरु नेपालीकाँग्रेसमाप्रवेश गरेकावडा सचिव सुरेन्द्रप्रसादज्ञवालीले जानकारी दिनुभयो ।

उक्त भेलालाई सम्बोधनगर्दै नेपालीकाँग्रेसकाबुटवलनगर समितिका सभापतितथा मेयर पदकाउम्मेदवार खेलराजपाण्डेलेनगरका सबै समस्याको समाधान गरी नगरलाई विकसित, सुन्दर, समृद्ध बनाउन नेपालीलाई जिताउनु पर्ने बताउनुभयो ।

प्रचारसंगै शक्तिप्रदर्शन

निर्वाचन परिणाम सत्तारुढगठबन्धनको पक्षमापार्न बुटवलकाकतिपयवडामानेपालीकाँग्रेस, राष्ट्रियजनमुक्तिपार्टी र नेकपामाओवादी केन्द्रकाबीचमाचुनावीतालमेलभएको छ । शनिवार बुटवलउपमहानगरपालिकावडा नं. ७मातीनदलले शक्तिप्रदर्शन गरेकाछन् । बिहान संयुक्तप्रचार कार्यालयबाट शुरु भएको ¥यालीउक्तवडाकासबै स्थानमापुगेर पुनप्रचार कार्यालयमै आई समापनगरिएको थियो । सो अवसरमा नेपालीकाँग्रेसकामहाधिवेशनप्रतिनिधियुवराजगिरी, राष्ट्रियजनमुक्तिका क्षेत्रीयउपाध्यक्ष प्रेमबहादुर गुरुङ्, नेकपामाओवादी केन्द्रकावडाअध्यक्ष सागर न्यौपाने, वडाअध्यक्षकाउम्मेदवार पदमराजगाहालगायतले तीनदलको चुनावीतालमेल अनुसार मतदानगर्न आममतदातालाई आह्वान गरेकाथिए ।

बुटबलकै वडानम्बर १४ र १७माकांग्रेसको घरदैलोसँगै मोटरसाईकल ¥यालीगरिएको छ । वडानम्बर १४को बेलवरियावाट शुरु गरिएको मोटरसाईकल ¥यालीवडाका सबै गाउँघुमेर विनयपुरमापुगेर कोण सभामा परिणतभएको थियो । नेपालीकाँग्रेस, तरुणदल, महिला संघ, युवाविद्याथी, वुद्धिजिवीहरुको सहभागिता रहेको र नेपालीकाँग्रेस १४ नम्बर वडा सभापति नर बहादुर मल्लको सभापतित्वमाभएको सो कोण सभामा बुटवल उपमहानगर पालिकाकाका मेयर खेलराजपाण्डेले बुटवलको समाधानकालागि नेपाली काँग्रेसलाई जिताउनु पर्ने धारण राख्नु भएको थियो । कार्यक्रममा वडाअध्यक्षका उम्मेदवार लिलबहादुर थापा, वुथ सभापति गोविन्दप्रसाद मरासिनी वडानम्बर १६का वडा अध्यक्षका उम्मेदवार भवानीप्रसाद शर्मा, युवा नेता प्रजापाल गिरि, अर्जुन केसी, परशु नेपाललगायतले नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो ।

त्यसै गरि बुटवलउपमहानगर पालिकाको वडानम्बर १५ माशनिवारै महिला भेला सम्पन्नगरिएको छ । विष्णुमाया शर्माको सभापतित्वमा भएको कार्यक्रममा नगरका मेयर पदका उम्मेवार खेलराज पाण्डे वडानम्बर १५का वडाअध्यक्षका उम्मेदवार प्रेम प्रसाद पौडेल, नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य हरि ध्वजमल्ल क्षेत्रीय सदस्य वेधनिधी रिजाल, नेपालविद्यार्थी संघकीपूर्व केन्दीय सदस्यजमुनाढकाल, हरिमायाढकाल, कोपिलाखडकालगायतले बोल्नुभएको थियो ।त्यस्तै बुटवलको वडानम्बर ४ को लक्ष्मीनगर क्षेत्रमा वडा अध्यक्षका उम्मेदवार अर्जुन रानाभाटको अगुवाईमा घरदैलो गरिएको छ ।

देवदह नगरपालिकामा कांग्रेस घरदैलो कार्यक्रममा व्यस्त

नेपाली काग्रेस देवदह नगरसमितिले कांग्रेसका क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयरका उम्मेद्वार हिराबहादुर खत्रीको नेतृत्वमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।

शनिबार आरम्भ भएको घरदैलौ विशेष अभियान कार्यक्रममा काग्रेसका जिल्ला सभापतिअब्दुल रज्जाकले आर्थिक समृद्धिको लागि काग्रेसको जितआवश्यक रहेको बताउनुभयो । उहाँले समृद्ध देवदहनिमार्णको लागिपनि कांग्रेससँग स्पष्ट खाकाभएकाले काँग्रेसलाई जिताउनआग्रहगर्नुभयो । घरदलौ कार्यक्रममाकाग्रेसका क्षेत्रीय सभापतितथा देवदहनगरपालिकाका मेयरकाउम्मेदबार हिराबहादुर खत्रीले देवदहपर्यटकीय क्षेत्र र पर्यटनको सम्भावनाबोकेको क्षेत्र भएकाले स्थानीय स्रोत साधनको प्रयोग गर्दै देवदहको विकासकालागिआफ्नो भूमिकामहत्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सदस्यबासुदेव रिमाल, नगर सभापतिगुनाखर भूर्तेल, नगर सचिवअर्जुन पोखरेल लगायतको सहभागिता रहेको थियो । घरदैलो देवदहको प्रगतिबजार देखि कोलुवाहुदै खैरनीचोकमापुगेर समापनभएको थियो ।त्यसैगरी नेपालीकाग्रेस देवदहवडा नं ३ सुरजपुरामामोटरसाइकल ¥यालीनिकालिएको छ । वडा सभापतिथमबहादुर बुढोथोकीको संयोजत्वमानिकालिएको ¥याली देवदहको बसन्तपुर, सेमहराना, टटेरा हुदै खैरेनीचोकमापुगेर कोण सभामा परिणतभएको विद्यार्थी नेताशंकर गिरीले जानकारी दिनुभयो ।

देवदह नगरपालिकाबाट मेयरकालागिउम्मेद्वार बन्नु भएकाखत्रीले घरदैलो तथाजनभेटघाटकार्यक्रमलाई पनिअहिले तिब्रतादिनु भएको छ । साविकका देवदह, केरवानी, सिक्टहन लगायतका गाविसहरु गाभिएर बनेको देवदह नगरपालिकाका जनता माविकासको चाहनातीव्र छ । १२ वटावडा रहेको देवदहको सबै वडाकाबासिन्दा समक्षपुग्ने उम्मेदवारहरुको इरादा छ । यसैबीच देवदह नगरपालिका वडानम्बर ७ र १२ माशनिबार कांग्रेसको प्रचारप्रसार कार्यालयको पनि उद्घाटन गरिएको छ ।

सिवाकोटीको निधनमा शोकसभा

नेपाली कांग्रेस देवदहवडानम्बर ४ ले वडा सचिवलक्ष्मण सापकोटाकी ममतामयीमाता खगिसरा सापकोटाको निधनभएकोमाशोक सभा गरेको छ । शोक सभालाई सम्बोधनगर्दै नेपाली कांग्रेसका रुपन्देही सभापतितथा सांसद् अब्दुल रज्जाकले उहाँको निधनले पार्टीलाई क्षतिभएको भन्दै मृत आत्माको चिरशान्तिको कामना सहितशोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो । सभामा क्षेत्रीय सभापतितथा मेयरकाउम्मेद्वार हिराबहादुर खत्रीले पनि दिवंगत आत्माको चीर शान्तिको कामनागर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको थियो ।