सिरहा, २८ जेठ । नेपाल पत्रकार महासंघ शाखा सिरहाको अधिवेशन विधान विपरित गर्न लागेकोमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस सोसाइटीले आपत्ति जनाउँदै अधिवेशन स्थगित गर्न माग गरेको छ ।
चौतारी सिरहा शाखा अध्यक्ष रामभरोसी महतो र सोसाइटी प्रदेश नम्बर २ का संयोजक रामानन्द गुप्ताले आज प्रेस विज्ञप्ती जारी गरी महासंघको विधान अनुसार रितपूर्वक सूचना प्रकाशित गरी अर्को मितिमा अधिवेशन गर्न माग गरेको हो । महासंघ सिरहा शाखाको अधिवेशन भोली अर्थात् जेठ २९ गते लहानमा हुने खबर आज दिउँसो मात्रै अनौपचारिक रुपमा बुझिन आएको प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ– ‘विधान बमोजिम सार्वजनिक सूचना गरिने कार्यमा गैर जिम्मेवारीपूर्ण भएको साथै सदस्यता थप गर्ने विषयमा निक्र्यौल नभएको र यसै कारणले सिरहामा विगतमा पनि विवाद कायम रही रहेको अवस्थामा आजको भोली नै सदस्यहरु समेत उपस्थिति हुनबाट बञ्चित हुने गरी अधिवेशन गराउन खोज्नु महासंघको गैरजिम्मेवारी पूर्ण कार्य भएको हाम्रो ठहर छ ।’
जिल्ला कार्य समितिले सिफारिस गरेको सदस्यता उपर चित्त नबुझेमा केन्द्रीय समितिमा उजुरी गर्न सक्ने व्यवस्था अनुसार सिरहा शाखाबाट सदस्यता नपाएका पत्रकारहरुले तोकिएकै समयावधिमा केन्द्रिय कार्यालयमा दर्ता गराएका निवेदन उपर कारबाही नभएकोले उक्त निवेदन उपर कारबाही गरी मात्र महाधिवेशन गराउन पनि विज्ञप्ती मार्फत माग गरिएको छ ।













प्रतिक्रिया