काठमाडौं, २८ जेठ । रोजगारीका लागि कोरिया भाषा परीक्षा (इपिएस)मा १४ जना नक्कली परिक्षार्थी फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंका विभिन्न इपिएस परीक्षा केन्द्रबाट ६ जना र ललितपुरको विभिन्न इपिएस परीक्षा केन्द्रबाट ८ जना गरी १४ जना नक्कली परिक्षार्थीलाई आइतबार नियन्त्रण लिइएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया