२१ कार्तिक २०८३, शनिबार

कांग्रेसकै सांसद भन्छन्- प्रचण्डजस्तो नेता कांग्रेसमा भइदिएको भए…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकाकी उप–मेयर हरिप्रभा खडगीले आफू यूवा पलायन रोक्न र महिलाको हकहितमा पूर्ण रुपमा समर्पित भएर काम गर्ने विश्वास दिलाएकी छिन ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाली काँग्रेस वडा नं. २८ उप–समिति भृकुटिमण्डप बजारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्मानित भएपछि उपमेयर खड्गीले यस्तो बताएकी हुन् ।

दोस्रो जन–आन्दोलनको बेला भृकुटिमण्डप बजारका जनता र महानगरवासीले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गर्दै खड्गीले यस क्षेत्रको विकासमा आफ्नो पूर्ण साथ रहने विश्वास समेत दिलाइन् ।
कांग्रेसमा प्रचण्डजस्तो नेता भइदिएको भए…
त्यस्तै विशिष्ट अतिथि तथा सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमाले सम्बोधन गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, गणतन्त्र, स्थानीय निर्वाचन र विकास निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानले भने,‘नेपाली काँग्रेसभित्र प्रचण्डजस्तो नेता भएको भए आज विपीले नेतृत्व गरेको काँग्रेसको औचित्य पुष्टि हुने थियो, प्रचण्डजीले देश र जनताको लागि जुनप्रकारको भूमिका खेल्नुभएको छ, यो निकै उदाहरणीय छ।’
सांसद प्रधानले फरक प्रसँगमा काँग्रेसले स्थानीय निर्वाचनमा कमजोर स्थान हाँसिल गरेको बताउँदै अबका निर्वाचनमा पहिलो स्थानमा आउनेगरि काम गर्नुपर्ने बताए ।