१ कार्तिक २०८३, आइतबार

एनआरएन नेदरल्याण्ड्सको अध्यक्षमा टीकाराम सापकोटाको उम्मेदवारी घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेदरल्याण्डस् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्ड्सको नयाँ नेतृत्वका लागि टीकाराम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी ३ सेप्टेम्बरमा हुन लागेको अधिवेशनमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । ुवृहत्तर एकता, एनआरएनको आवश्यकताु भन्ने मूल नारा लिएका सापकोटाले ”एनआरएनलाई पुँजीपति र धनाढ्य वर्गको मात्र संस्था नभएर सबैको स्वामित्व स्थापित हुने सामजिक संस्था बनाउने उद्घोष गरेका छन् ।

विगत लामो समयदेखि एनआरएन आन्दोलनमा क्रियाशिल सापकोटा ९ देखि ११ को कार्यकालमा प्रबक्ता र अहिले एनआरएन, नेदरल्याण्ड्सको वर्तमान सल्लाहकार छन् । उनको उम्मेदवारीलाई प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सले पनि समर्थन जनाएको छ ।

मुलतः नेदरल्याण्ड्समा रहेका नेपाली समुदायलाई भावनात्मक हिसाबले जोड्ने, सबैको साझा सस्थाको रुपमा एनआरएन नेदरल्याण्ड्सको महत्व, भूमिका र गरिमालाई प्रभावकारी बनाउने, प्रवासमा रहेका नेपालीका हितमा अधिकतम काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने पनि सापकोटो दैनिक नेपाललाई बताए ।