विराटनगर, २८ जेठ । नेपाली काँग्रेसका युवा नेता भीम पराजुली विक्रम सम्वत २०३१ साल चैत २० गते बुवा तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका हुन् । विराटनगरमा जन्मे हुर्केका पराजुली नेपाली काँग्रेसका स्थानीय चर्चित युवा नेता हुन् ।
जनता स्कुलबाट एसएलसी पास गरेका पराजुलीले महेन्द्र मोरङ क्याम्पसमा पढ्दा पढ्दै राजनीति सुरु गरे । २०४५ सालमै विद्यार्थी राजनीति सुरु गरेका पराजुली यतिबेला बिराटनगर महानगरपालिकाको मेयर पदको नेपाली काँग्रेसबाट उत्कृष्ट आकांक्षीका रुपमा देखिएका छन् ।
उसो त पराजुलीले विद्यालय स्तरमै नेविसंघको राजनीति सुरु गरेका हुन् । उनी नेविसंघको स्कुल समितिम अध्यक्ष भएका थिए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप दरिलो बनाए । महेन्द्र बहुमुखी क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको विद्रोही उम्मेद्वार उठेर प्यानलै विजयी गराएका पराजुलीको राजनीतिक छवी निकै प्रभावशाली मानिदै आएको छ ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् । लसुन, प्याज, माछा, मासु, रक्सीदेखि टाठै बस्ने पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताका लागि पनि रुचाइएका लिडर हुन् ।
हाल नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक सभापति रहेका उनी यो पदमा अत्याधिक मतले विजयी भएका हुन । वीपीदेखि गिरिजाप्रसादसम्मको राजनीतिक थलो अर्थात गृहजिल्लामा नेपाली काँग्रेसकै राजनीतिमा रहेका पराजुली प्रवाभशाली स्थानीय नेताका रुपमा दरिएका छन् ।
समामाजिक संस्थामा पराजुली पराजुली राजनीतिक रुपमा मात्रै नभएर सामाजिक संघसंस्थामा पनि संलग्न छन् । क्रिकेट संघ क्षेत्र नम्बर १ को अध्यक्ष रहेका उनी नेपाल विद्यालय फुटबल संघको राष्ट्रिय उपाध्यक्ष हुन् । अन्तरधार्मिक परिषद्, एडिभिजन फुटबल, त्रिबेणी वाचनालय, आदर्श एजुकेशन फाउन्डेसन, पोखरिया ऋण सहकारीलगायत २४ भन्दा बढी संस्थामा अध्यक्षको जिम्मेवारीमा छन् ।
सामाजिक काममा अगाडि राजनीतिमा जेल, नेल र विकास निर्माणको अगुवाइ मात्र होइन पराजुली सामाजिक काममा पनि अगाडि रहँदै आएका छन् । उनले २०७२ सालको विनाशकारी भूकम्प गएपछि उनको नेतृत्वको नगर समितिले धादिङ, सिन्धुपाल्चोक, काठमाडौंलगायतका जिल्लामा ३० लाख बराबरको औषधि, राहत सामग्री वितरण गरेका थिए ।
समाजमा विभिन्न दुःख पीडा परेका बेला ४ हजार जनताको घरमा पुगेर सम्वेदनापत्र बाँडेका पराजुली जनताको सुखदुखका यात्री मानिन्छन् । पराजुलीले आफ्नै नेतृत्वमा धादिङ पुगेर १५१ जनाको घरटहरा निर्माण, ७० वटा जोखिमपूर्ण घर हटाउने काम गरेको बताए । उनले जनचेना, स्वास्थ्य सिविर संचालन, त्रिवेणी वाचनालयको १० कोठे भवन निर्माणको अगुवाइ, बिराटनगर १ मा बालउद्यान स्थापनाको पहल, रक्तदान, नगर सरसफाइ, सामुदायिक विद्यालय आदर्श उच्च माविमा अंग्रेजी माध्यमको पढाइ सुरुवात, बिराटनगर उपमहानगरले तोकेको ५ सय प्रतिशत घरजग्गा करलाई १० प्रतिशतमा झार्न पहल, नौ महिनादेखि दर्ता नभएका इ–रिक्सका दर्ता गराइ स्वदेशमै रोजगारको अवसर सिर्जना गराउन पहल, विभिन्न विद्यालयमार्फत छात्रवृति प्रदानमा अगुवाई, बाटोघाटो पुलपुलेसा लगायत जनताका सरोकारका विसयमा दिनरात नभनी अहोरात्र खटिएकाले उनको पक्षमा जनमास रहेको स्थानीयहरु बताउँछन् ।
पराजुलीले एडीबीलगायत अन्य विकासे संस्थाले गरेका सडक विस्तारदेखि विकास निर्माणमा गुणस्तरीय र समयमै काम गराउन निगरानी तथा निरिक्षण गर्दै आएका छन् । बेला बेलामा पराजुलीले नगर सभापतिका हैसियतले जनताका सरोकारका विषयमा जिल्ला प्रसाशनदेखि, महानगरपालिका, जिल्ला जनस्वास्थ्य, खानेपानी, सडक डिभिजनमा डेलिगेसन जाने र जनताका माग सम्बोधन गराउन अगुवाइ गर्दै आएकाले पनि आफ्नो पक्षमा जनता रहेको दावी पराजुलीको छ ।
बलिया दाबेदार पराजुलीसँग के छन् त योजना ?
पराजुलीका योजना ‘म बिराटनगर महानगरको मेयर पदमा रहँदा मैले यस नगरको विकासको स्पस्ट खाका तयार पारेको छु’, पराजुलीले भने । उनीसँग नगर विकासको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका योजना छन् ।
१) नगरले भोगीरहेको धुलो, धुँवा, हिलो मुक्त गरी स्वच्छ, सफा र हराभरा सुन्दर नगर निर्माण गर्ने
२) ‘हाम्रो बिराटनगर, राम्रो बिराटनगर’को अवधारणलाई मुर्त रुप दिने
३) विना भए दिन रात महिला, बालबालिकाले निर्वाध रुपमा हिँडडुल गर्ने वातावर सिर्जना गर्ने
४) पाँच वर्षमा सबै पुराना बाटा कालोपत्रे गर्ने
५) ग्राभेल नभएका सडकलाई ग्राभेल गर्ने
६) व्यवस्थित आवासको विशेष योजना लागू गर्ने
७) चक्रपथ र बाइपास निर्माण गरिने
८) सिङ्ग्या र केसलिया नदीलाई तडबन्ध गरी ड्याम बनाएर बोटिङ सञ्चालन गर्दै ग्रिनबेल्टको रुपमा विकास गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने
९) बिराट राजाको दरबारलाई जिर्णोद्वार गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने
१०) पौराणिक रानीमण्ठा पोखरीको संरक्षण, सम्बद्र्धन गर्ने
११) बिराटनगर विमानस्थललाई क्षेत्रीय रुपमा स्तरोन्नती गर्ने
१२) कोसी अञ्चल अस्पताललाई क्षेत्रीय रुपमा विकास गरी स्वास्थ्य अध्ययनको व्यवस्था मिलाउने
१३) हरेक वडामा पार्क, बालउद्यान, सूचना केन्द्र, स्वास्थ्य संस्था, जेष्ठ नागरिकको विश्रामस्थल, केलकुद केन्द्र स्थापना गर्ने
१४) बिराटनगरका मुख्य बजार क्षेत्रमा वाईफाई फ्रि गर्ने
१५) वडको बजेट सिलिङ बढाएर वडाबाट आएका योजनालाई प्राथमिकता दिने
१६) नगरस्तरीय योजनालाई प्राथमिकतामा राखी जनताको साझेदारीमा विकास निर्माण गर्ने
१७) करवृद्धि नगरी करको दायरा बढाएर राजश्व संकलन गर्ने
१८) कर प्रणालीलाई एकद्वार प्रणालीमा लैजाने
१९) असहाय जेष्ठ नागरिकलाई सकेसम्म घरघरमै स्वास्थ्य जाँचको व्यवस्था मिलाउने
२०) जेष्ठ नागरिक केयर सेन्टरको स्थापना गर्ने
२१) अनाथ, असहाय बालबालिकाको शिक्षा स्वास्थ्यको ज्ञारेन्टी गर्ने
२२) गरीब, असहाय, अनाथ बालबालिकालाई शिक्षाबाट बन्चित हुने अवस्थाको अन्त्य गर्ने
२३) बिरेन्द्रसभागृहलाई वातानुकुलित बनाउने २४ हरेक नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने












प्रतिक्रिया